४ किलो सुनः अनुसन्धानमा तानिए व्यवसायी – Dastabej

४ किलो सुनः अनुसन्धानमा तानिए व्यवसायी


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज बिमान स्थलबाट बाँके प्रहरीले पक्राउ गरेको काठमाडौंबाट लुकाएर ल्याइएको करिव ४ किलो सुन अनुसन्धानमा व्यवसायी पनि तानिएका छन् । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख सरोजकुमार पोखरेलका अनुसार काठमाडौं मैतीदेबीमा रहेको बुद्ध ज्वेलर्स, नेपालगन्जका नेपाल ज्वेलर्स, नेपाल अभुषण ज्वेलर्स र सन्जित ज्वेलर्सलाई अनुसन्धानको दायरामा तानिएको छ । उनीहरुको नामबाट सुन ल्याएको बील पेश गरिएका कारण अनुसन्धानमा तानिएको प्रमुख पोखरेलले बताए । उनका अनुसार नेपालगन्जमा बरामद गरिएको सुनको स्रोतको पहिचानका लागि केन्द्रबाटै अनुसन्धान भइरहेको छ । राष्ट् बैकबाट किनिएको हो कि अरु अन्तैबाट ? अनुसन्धान त्यस तर्फ छ, उनले भने, अनुसन्धानमा समय लाग्छ ।

    श्री एयरलाईन्सको जहाजबाट काठमाडौंबाट आएका झापाका अमिरलगुन विक र मोरंगका बुद्धिमान खाती सुन ४ किलो, ५ वटा लकेट र १ वटा सुनको बालासमेत पक्राउ परेका हुन ।उनीहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । सुन चाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दिन सिद्धिकीले उक्त सुन नेपाल ज्वेलर्स, नेपाल अभुषण ज्वेलर्स र सन्जित ज्वेलर्सले कानुनीरुपमा किनेर ल्याएको बताए ।

    ४ किलो सुन बैद्य कि अबैद्य ? राष्ट्र बैंकको कोड छैन, रिफाईन सुन हो– राजस्व अनुसन्धान, व्यवसायी तानिदै–प्रहरी

  • २३ भाद्र २०७८, बुधबार १४:३६ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ