साक्षरता दिवसः नेपालगन्ज उपमहानगरसहित चार पालिका साक्षर घोषणा हुन सकेन – Dastabej

साक्षरता दिवसः नेपालगन्ज उपमहानगरसहित चार पालिका साक्षर घोषणा हुन सकेन


  • शम्भुप्रसाद थारु

  • बाँके । बाँकेका चार स्थानीय तहले पालिकालाई साक्षर घोषण गर्न नसकेका कारण यो वर्ष पनि साक्षर जिल्ला घोषणा हुन सकेन् । सरकारले भने जिल्ला साक्षर घोषणपछि देशलाई नै साक्षर देश घोषण गर्ने लक्ष्य राखेको छ । २०६५ सालबाट अभियान सन्चालन भए पनि बाँके जिल्ला १३ बर्षमा पनि साक्षर जिल्ला घोषण हुन नसकेको हो । तीन तहको सरकारको  बेवस्ताका कारण साक्षरता कार्यक्रमले पुर्णता पाउन सकेको छैन । स्थानीय सरकार गठन भएको चार वर्षमा कतिपय पालिकाको एउटा वडा पनि साक्षर घोषण भएको छैन । बाँकेको डुडुवा गाउँपालिकाले साक्षर पालिका घोषण गर्नका लागि कुनै कार्यक्रम लागु नगरेको डुडुवाका शिक्षा शाखा प्रमुख सन्जय कर्णले बताए । कर्णका अनुसार अहिलेसम्म डुडुवाको कुनै पनि वडा साक्षर घोषण भएको छैन । पालिकामा अहिले ९ हजार नागरिक निरक्षर रहेका छन् । पश्चिम नेपालको सबै भन्दा बढी बिकसित ठाउँ भनिएको नेपालगन्ज उपमहानगरपालिकाले पनि एउटा वडा पनि साक्षर वडा घोषण गर्न सकेको छैन । नेपालगन्ज नगर शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार वडा नम्बर १ र २ साक्षर घोषण गर्न योग्य भैसकेका छन् । वडा नम्बर ९, १४, १५ र २२ वडामा साक्षरता कक्षा सन्चालन भैरहेको उनले बताए । बाँकी वडामा वडा अध्यक्षहरुको उदासिनताका कारण साक्षरताको कार्यक्रम संन्चालन हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले साक्षर पालिका बनाउनका लागि यो आर्थिक बर्षमा बजेट पनि छुट्याएको छैन ।

    जसका कारण यो बर्ष साक्षर पालिका घोषण नहुने लगभग निश्चित जस्तै बनेको छ । त्यस्तै नरैनापुर गाउँपालिकाले यो आर्थिक बर्षमा साक्षर पालिका घोषण गर्नका लागि सबै वडामा साक्षरता कक्षा सँचालन गरेको छ । गएको भदौ १८ गतेबाट सबै वडामा साक्षरता कक्षा सन्चलान गरेको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले बताए । साक्षर पालिका घोषणका लागि पालिकाले बजेट पनि बिनियोजन गरिसकेकाले ३ महिनामा साक्षर पालिका घोषण गर्ने योजनामा रहेको उनले बताए ।
    बैजनाथ गाउँपालिका साक्षर पालिका घोषण गर्ने अन्तिम तयारीमा पुगेको छ । भदौ भित्रमा नै साक्षर पालिका घोषण गर्ने शिक्षा शाखा प्रमुख बिश्वराज ढकालले बताए । सबै वडा साक्षर घोषण भएर पालिकामा साक्षर नागरिकको संख्या ९७ प्रतिशत पुगेको ढकालले बताए । जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवस्तवले प्रत्येक बर्ष साक्षर जिल्ला घोषण गर्नका लागि जिल्ला सभामा निर्णय भए पनि कार्यन्वयन नभएको बताए । जिल्ला साक्षर समन्वय समितिका संयोजकसमेत रहेका श्रीवस्तवले जनप्रतिनिधिहरुको उदासिनताका कारण ४ वटा स्थानीय तह साक्षर हुन नसकेको बताए । साक्षर जिल्ला घोषणका लागि सबै पालिकाको वडा, स्थानीय तह साक्षर घोषण भएर जिल्लालाई साक्षर जिल्ला घोषण गर्ने प्रबधान रहेको छ । बाँकेको कोहलपुर नगरपालिका, खजुरा, जानकी र राप्तिसोनारी गाउँपालिका सक्षर पालिका घोषण भएकाछन् । कोहलपुर नगरपालिकाले २०७६ जेगठ ३१ गते साक्षर पालिका घोषण भएको थियो भने खजुरा गाउँपालिका २०७६ असार १४ गते साक्षर घोषण भएको थियो । जानकी गाउँपालिका २०७६ असार १८ गते र राप्तिसोनार गाउँपालिका २०७६ असार ३० गते साक्षर पािलका घोषण भैसकेको छ । जसमध्ये बाँकेमा सबै भन्दा पहिला कोहलपुर नगरपालिका साक्षर पालिका घोषणा भएको हो ।

  • २३ भाद्र २०७८, बुधबार १७:२३ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ