नेपालगन्ज । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
मधुमेहका बिरामी
मधुमेहका बिरामीका लागि समयमा खाना र औषधी खानु अत्यावश्यक मानिन्छ । यदि यस्ता मानिसहरु ब्रत बस्छन् भने समस्या अझै बढ्न सक्छ ।उच्च रक्तचापका बिरामी उच्च रक्तचाप भएका बिरामीले ब्रत राखे उनीहरुको शरिरको प्रक्रिया बिग्रन सक्छ । यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ ।
मुटु रोगी
मुटुका रोगीले खानपिनमा धेरै ध्यान दिनुपर्छ । यदि यस्ता रोगी लामो समयसम्म भोको रहन्छन् भने यसले शरिरको कामक्रियामा नराम्रो असर पुर्याउने गर्दछ । मृगौलाका रोगी
जसलाई मृगौलाको समस्या छ उनीहरुले ब्रत बस्नुहुँदैन । यसले मृगौला फेल हुने खतरा बढ्ने गर्दछ ।
रक्तअल्पत्ताका बिरामी
जो मानिसहरुमा रगतको कमी छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले शरिर कमजोर हुनुका साथै थकान बढाउने गर्दछ ।
फोक्सोमा समस्या भएका मानिस
जसको फोक्सोमा गम्भीर समस्या छ भने त्यस्ता व्यक्तिले ब्रत बस्नुहुँदैन । यसले समस्या अझै बढाउन सक्छ ।
कलेजोका बिरामी
जसलाई कलेजोमा समस्या छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले कलेजो बिगार्ने काम गर्दछ ।
शल्यक्रिया गरेका रोगी
शल्यक्रिया गरेका नयाँ रोगीले ब्रत बस्नुहुँदैन । यो क्रममा शरिरलाई भिटामिन र मिनरल्सको अत्यधिक आवश्यकता पर्ने भएकाले समय–समयमा खाना खाइरहनुपर्छ ।
गर्भवती महिला
गर्भवती महिलालाई भिटामिन र मिनरलसको आवश्यकता पर्छ । यदि यस्तो बेला उनी ब्रत बस्छिन् भने महिला र शिशु दुबैमा गम्भीर असर देखापर्न सक्छ ।
स्तनपान गराउने महिला
स्तनपान गराउने महिलाले ब्रत बस्नुहुँदैन । यसले बच्चालाई आवश्यक भिटामिन र मिनरल्स पाउनबाट बञ्चित गराउँछ । यसले बच्चाको विकासमा पनि नराम्रो असर निम्त्याउने गर्दछ ।