नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार – Dastabej

नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार


  • ठाकुरसिंह थारु

  • नेपालगन्ज — प्रतिकार गरेर बलात्कृत हुनबाट जोगिएकी महिलाले न्याय नपाउँदा कति पीडा बोध हुँदो हो ? त्यसको भुक्तभोगी हुन कोहलपुरकी ३९ वर्षीया महिला । न्यायकै लागि उनी एक वर्षदेखि भौतारिरहेकी छन् । ‘मलाई घर छोडिदिन्छु भनेर गाडीमा राख्यो । गाडीको ढोका बन्द गरेर कोहलपुरबाट बानियाभार जंगलमा पुर्‍याएर गाडीभित्रै बलात्कार प्रयास गर्‍यो,’ कान्तिपुरको कार्यालय आएकी पीडित महिलाले भनिन्, ‘तर उसलाई सजाय भएन । प्रहरीले बलात्कारको घटनालाई अर्कै मुद्दा बनाइदियो ।’उनका अनुसार ०७७ असार २१ गते राति ८ बजेको समयमा नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर मोहनकुमार माझीले ती महिलालाई आफ्नै गाडीमा राखेर बलात्कारको प्रयास गरेका थिए । महिलाले एक घण्टासम्म प्रतिकार गरेपछि बलात्कृत हुनबाट जोगिएकी थिइन् । उक्त घटनापछि उनले इन्सुरेन्स कार्यालयमै पुगेर जानकारी गराएकी थिइन् । त्यसलगत्तै इलाका प्रहरी कार्यालयमा बलात्कारको प्रयासको मुद्दा दर्ता गर्न जाहेरी लिएर पुगेकी थिइन् । तर प्रहरीले बलात्कार प्रयास गरेको प्रमाण खोई भन्दै उजुरी लिन इन्कार गरेको पीडित महिलाले बताइन् । ‘मलाई बलात्कार गर्न खोज्यो । म आफै प्रमाण हो भन्दा पनि उजुरी दर्ता हुँदैन,’ पीडित महिलाले भनिन् ।घटना भएको केही दिनपछि कोहलपुर प्रहरीले बलात्कार प्रयासको जाहेरीलाई अभद्र व्यवहार मुद्दा भन्दै दर्ता गरेको थियो । बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पक्राउ पुर्जी जारी गरेका थिए । तर प्रहरीले पीडक माझीलाई पक्राउ नै नगरी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझायो । पीडित महिलाको बयानसमेत राम्रोसँग नगराइएका कारण जिल्ला प्रशासन कार्यालयले पीडकलाई ५ हजार धरौटीमा छोडेको छ । ‘महिलालाई बलात्कारको मुद्दा दर्ता हुँदैन । अर्कै मुद्दा दर्ता गरेर छोडिन्छ,’ पीडित महिलाको आक्रोश छ ।

    बलात्कारको प्रयासका आरोपित माझीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार मुद्दामा तारेखमा रहेको बताए । उनले घटना भएको दिन आफू कोहलपुर नभएको दाबी गरे । तर कान्तिपुरसँगको कुरामा उनले बलात्कार प्रयास गरेको आरोपको प्रतिकार गरेनन् । ‘प्रशासनमा मुद्दा छ । मेरो अफिसले, प्रशासनले जे कारबाही गर्छ त्यही अनुसार अगाडि बढ्ने भनेको छ,’ उनले भने । जिल्ला प्रशासन कार्यालय बाँकेका मुद्दा फाँटका प्रमुख टेकबहादुर भण्डारीले प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएकाले कम धरौटीमा छाडिएको बताए । ‘यो मुद्दामा एक वर्षसम्म कैद हुने व्यवस्था छ । तर एक वर्ष सजाय हुने पनि धरौटीमा छुट्न सक्छन्,’ उनले भने,‘बलात्कार प्रयास मुद्दाबारे जानकारी भएन । त्यस्तो मुद्दा अदालतमा चल्ने हो ।’पीडित महिलाका अनुसार घटनाका दिन माझीले कोहलपुरको चटार जाने रोडमा आएर अभिकर्ताको डकुमेन्ट लिन बोलाए । महिलाले ८ बजिसकेको भन्दै भोलि लिन बताइन् । तर माझीले भोलि अन्तै जानु छ अहिले आउनुस् भन्दै कर गरेपछि अभिकर्ताको कागज लिन पुगेको उनले बताइन् । ‘अभिकर्ताको कागज लिएपछि म घर हिँडे । उसले मलाई घरसम्म छोडिदिन्छु भन्दै गाडीमा बस्न भन्यो,’ उनले भनिन्,‘गाडीको ढोका र शिशा लक गरेर गाडी कुदायो । म रोक्नुस् रोक्नुस् भन्दै कराएँ । तर उसले गाडी नरोकेर बानियाभार जंगलसम्म लग्यो । अनि गाडीमै बलात्कार गर्न खोज्यो । एक घण्टा प्रतिकार गरेर जोगिए ।’ पीडितका तर्फबाट कानुनी सहयोग गरिरहेका अधिवक्ता बसन्त गौतमले अभद्र व्यवहार मुद्दामा पनि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाए । उनले मुद्दाको अनुसन्धान राम्रोसँग नहुँदा पीडित थप पीडित हुनु परेको बताए । इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले उक्त मुद्दा आफ्नो पालाको नरहेको भन्दै अभद्र व्यवहार मुद्दामा पनि सजाय हुन सक्ने जनाए । ईकान्तिपुरबाट ।

  • २४ भाद्र २०७८, बिहीबार १४:१० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ