बाँकेमा पनि बिपी जन्मजयन्ती मनाइयो - Dastabej

बाँकेमा पनि बिपी जन्मजयन्ती मनाइयो


  • दस्तावेज

  • नेपालगन्ज । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बाँकेमा बिहीबार जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बांकेको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नगर सभापती प्रशान्त बिस्ट, जानकी गाउँपालिका वडा नंम्बर ३ का अध्यक्ष बिन्देश्वरी कुर्मी, पार्टी सचिब उमेश शर्मा ,वडा नम्बर १२ का काग्रेस नेता अमृत आचार्य, राम प्रसाद भट्टराई लगायतको सभाभागिता रहेको थियो ।
    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।

    कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।

     

  • २४ भाद्र २०७८, बिहीबार १६:१८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा