काठमाडौं । स्वास्थ्य मन्त्रालयको पछिल्लो अभिलेख अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । नयाँ १२७१ मा कोरोना संक्रमण देखिएको छ । त्यस्तै १८४५ जनाले कोरोना जितेका छन् । बिहीबारको संख्यापछि नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । ती मध्ये १० हजार ९०३ जनाको मृत्यु भएको छ भने ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।