४७ वर्षपछि पाकिस्तानको कराँची जेलमा भेटिएका बर्दियाका  बले क्षत्री भन्छन्ः घरजाम गर्ने सोंचमा छु – Dastabej

४७ वर्षपछि पाकिस्तानको कराँची जेलमा भेटिएका बर्दियाका  बले क्षत्री भन्छन्ः घरजाम गर्ने सोंचमा छु


  • दस्तावेज

  • बर्दिया । ४७ वर्षपछि पाकिस्तानको कराँची जेलमा भेटिएका बर्दिया बढैयाताल गाउँपालिका वडा न. १ थप प्लट डाँफेका बले क्षत्री भण्डारी गाउँ फिरेयता आफ्नै भविष्य लिएर सोंचमा छन् । त्यसका लागि बालशाखा र आफन्त भेटेर सुझाव लिइरहेका छन् । करिव ५५ वर्षीय उनलाई एउटै चिन्ता छ,‘यो उमेरमा भविष्य कसरी अगाडि बढ्ने ?’उनको घर पुग्दा उनी त्यही चिन्तामै थिए । ९७ वर्षीय बुबा आँगनको धारा आफै पेलेर नुहाई रहेका थिए । अब के गर्ने सोंचमा हुनुहुन्छ ? प्रश्न नसक्दै जवाफ फर्काए,‘बिहे गरेर घरजाम गर्ने सोंचमा छु । र, यही गाउँमै केही गरेर परिवारसंगै बस्ने ठूलो ईच्छा छ,’ उनले हिन्दी लवाजमा भने,‘त्यसका लागि साथीभाईहरुसंग सल्लाह मागेको छ । बुबा, भाई र बुहारीसंग पनि छलफल गर्नुछ ।’ ४७ वर्षपछि घर फिर्ता भएका उनलाई आफ्नै गाउँघर नौलो भएको छ । ८ वर्षको उमेर हुँदा बले क्षत्री ठूलो डाँफेबाट घर छाडेका थिए । हाल घर सरेर थप प्लटमा आएको छ । ‘अहिले हामी जहाँ बसेर कुरा गरिरहेका छौँ नि यो जंगल थियो । हामी घरबाट खेल्न आउँथ्यो यहाँ ।’ विहेबारीका कुरा गरिरहेका उनी एकाएक कुरा बद्ले । छेउमै कान्छी भाईबुहारी मालती भण्डारी बरण्डामा बोरामा बसेर भलाकुसारी सुनिरहेकी छन् । भाई बुहारीको अगाडि यो उमेरमा बिहेको कुरा गर्न अड मानिरहेका बले क्षत्रीले एकाएक बिहेको कुरा मोडे,‘फुफाजु, फुपुलाई भेटे । मेरो बच्चाको साथी डम्बर बहादुर कटुवाललाई भेटे । भिनाजुलाई भेट्न जानु छ । दिदीलाई भेट्न पाएन । उहाँ स्वर्गबास भइहाल्नु भएको रहेछ । नमजा लाग्यो ।’

    भलाकुसारीमा चलिरहँदा ९७ बर्षीय बुबा बलबहादुर र बुहारी मालती पनि बलेको नजिक आएर बसे । उनका बुबा कान कम सुन्छन् । ४७ वर्षपछि हराएको छोरा देख्न पाएको बलबहादुर खुस छन् । ‘यसका लागि धेरै काम गर्नु पर्ने छ । जनै सुपारी गरिएको छैन । जन्म दर्ता पनि गराउनु छ । अनि नागरिकता बनाई दिएर बिहे गरिदिने ठूलो इच्छा छ,’ उनले छोरा बलेको मुखतिर फर्केर हाँस्दै बिहे गर्ने ईच्छामा सहमति जनाई दिए । उनले आफू ९७ वर्ष भइसकेकाले बलेको बिहेको बिहे छिटोभन्दा छिटो गराउने मुडमा छन् । ‘यो बले मेरो जेठो छोरा हो । यसको पनि घरजाम गराउन पाएँ मेरो जीवन सफल हुन्थ्यो,’ उनले थपे,‘८ वर्षको उमेरमा घरबाट गएको हो बल्ल फेला परेको छ । घर आउँदा त म चिन्नै सकेन यसलाई ।’

    बले क्षत्रीका तीन भाई मध्ये सबैभन्दा जेठा हुन । माईलो गुमानसिंह भण्डारी कोहलपुरको हबलदारपुर बस्छन् । उनले नै आफ्ना जेठा दाई बलेलाई लिन काठमाडौं पुगेका थिए । उनले नै ९७ वर्षीय बुबा, कान्छो भाई सुरेन्द्रसिंह भण्डारीलाई जेठो दाई फेला परेको खबर सुनाएका थिए । यो खबरले कान्छो भाई चकित परेका थिए । बले धेरै वर्ष हराएपछि उनका बुबा खोज्नका लागि भारत पुगेका थिए । ‘यो बलेलाई खोज्न भारतको गुजरात, दिल्ली कहाँ पुगिन । होटेलहोटेल चाहेर । यसको खोजीमामा कम्तिमा ३० वर्ष आफै भारतमा बसे,’ बुबा बलहादुरले विगत सम्झे,‘तर पनि यसलाई फेला पार्न सकेन र घर फर्किए ।’ त्यो जमानामा फोन थिएन । बुबाको कुरा सुनेर बले उत्साहित थिए । र, खुले पनि । ‘बा ले भनेजस्तै मेरो पनि बिहे गरेर घर बस्न पाए हुन्थ्यो लाग्छ । तर मेरो हातमा केही छैन । जेलमा बसेको मान्छेसंग पैसा हुन कुरै भएन,’ उनले चिन्तित मुद्रामा भने,‘कमाएको पैसा जेल परेपछि उतै साहुकोमा रहिगो । मजदुरी पसिना केही गरेर जीवन गुजारा गर्ने सोंचमा छु ।’ उनले भारतमै बसेका बेला गुजरातमा बिहे गर्न खोजेको सुनाए । तर केहीको परिवारले दुई लाख भारु रकम मागेपछि बिहे गर्न नसकेको उनले बताए ।

    उनले सकेसम्म भारतमा जाना नपरोस भन्ने छ । तर सन २०१७ भरमा पानी जहाजमा कमाएको झण्डे ८० हजार भारु कमाएर साहुलाई राख्न दिएको पैसा दिन जाने कि भन्ने छ । ‘त्यो कमाएको पैसा पाउने हो भने त सबकुछ बनिहाल्थ्यो । एक पल्ट जान मन लागिरहेछ । तर साहुले दिने हो कि नाई खोई,’ उनले भने ।

    बलेका कान्छो भाई सुरेन्द्र नजिकैको सीमावर्ती भारतीय बजार बलैगाउँ गएका रहेका छन् । बले त्यही भाइको घरमा बसेका छन् । भाईबुहारी मालतीले जेठो दाई रहेको सुन्दा आश्चर्य लागेको बताईन । ‘हामीलाई त दुई भाई मात्रै भएको जानकारी थियो । तर माईलो दाईले अस्ति जेठो दाई पनि रहेको बताए पनि आश्चर्यमै पर्यो,’ उनले भनिन्,‘जेठो दाई भेटिनु भो खुसी छौँ । हामी पनि उहाँको बिहेबारी गराई दिने प्रयासमा छौँ ।’ भएको १ विगहा जग्गा पनि माईलो र कान्छो भाइको नाममा छ ।

    बलेका अनुसार ८ वर्षको उमेरमा ठूलो डाँफेबाट नेपालगन्जस्थित सीता राना दिदीकामा काम गर्न र पढ्न गएका थिए । त्यहाँबाट बर्दियाको राजापुर पनि गए । त्यसको केही वर्षमै चिनारु डा. सरोज राणा भन्नेको आफन्तकहाँ काम गर्न भारतको केरला पुगेका थिए । साथीहरुको लहलहैमा बम्बै पुगे । गुजरात पुगेपछि पानीजहाजमा माछा मार्ने काम गर्न थाले । एक खेपको १५ हजार भारु आउने भनेर जाहजमा काम गरेका हुन । पानी जहाजमा माछा मार्न गएका बेला सन् २०१७ एप्रील २७ मा उनलाई पकिस्तानका सुरक्षाकर्मीले पक्राउ गरे । एप्रील २८ मा अदालत लगेर जेल पठाइएको थियो । ४ वर्ष ४ महिनाको कराँची जेल बसाईपछि उनी नेपाल फर्किएका हुन । भदौ १६ गते सा“झ ६ वजे आफ्नो गाउँ पुग्दा उनलाई अनौठो लागिरहेको थियो । ‘होईन । यो त सब जंगल थियो । अहिले त गाउँ नै गाउँ छ । हिलोले भरिएको सडक अहिले पक्की भएको छ ।’

     

  • २५ भाद्र २०७८, शुक्रबार १४:०६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान