नेपालगन्ज उपमहानगरका मेयर डाक्टर साब, जनता निरक्षरको सूचीमा – Dastabej

नेपालगन्ज उपमहानगरका मेयर डाक्टर साब, जनता निरक्षरको सूचीमा


  • दस्तावेज

  • नेपालगन्जल ।पश्चिम नेपालकै पुरानो शहर नेपालगन्ज उपमहानगरपालिका अझै निरक्षरको सूचीमा छ । नेपालगन्जलाई साक्षर बनाउँन १३ वर्ष अघि अभियान सन्चालन गरिएको थियो । तर स्थानीय सरकार आएर पनि वडा कार्यालयहरुको बेवास्ताका कारण अभियान सफल हुननसकेको हो । नेपालगन्जसंगै बाँकेका डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाले साक्षर पालिका घोषणा गर्न सकेको छैन । बैजनाथले सबै पक्रिया पूरा गरिसकेर भदौ महिनामै साक्षर पालिका घोषणा गर्ने जनाएको छ । नेपालगन्ज शहर पश्चिमै विकसित शहर मान्छि । तर निरक्षरको सूचीबाट नहट्दा बदनामी खेप्नु परेको छ । उपमहानगरका एक वडा पनि साक्षर बडा घोषणा गरिएका छैनन् ।
    नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले वडा नम्बर ९, १४, १५ र २२ वडालाई साक्षर घोषणा गर्न साक्षरता कक्षा सन्चालन गरिएको बताउ“छन् । अन्य वडा कार्यालयमा भने साक्षरता कक्षा सन्चालन गरिएका छैनन् । वडा नम्बर १ धम्बोझी र वडा न. २ घरवारी टोल साक्षर घोषणा गर्ने लायक भइसकेका छन् । तर साक्षर वडा घोषणा भने गरिएको छैन । नेपालगन्ज उपमहानगरपालिको वडा न. २३ हिरमीनीया, वडा न १६ जयसपुर, वडा न. २१ पुरैना, वडा न. १७ परसपुर, वडा न. ११ त्रिभुवन चोक, वडा न. १५ पिप्रहवा क्षेत्रमा साक्षर प्रतिशत निकै कम छ । त्रिभुवन चोक क्षेत्रका वडाहरु नेपालगन्जलाई उपमहानगर बनाउँदा गाभिएका गाविसहरु हुन । नेपालगन्ज उपमहानगरले साक्षर अभियानका लागि नया“ आर्थिक वर्षमा बजेट बिनियोजन गरेको छैन । ‘बजेट छुट्याईएको छैन । त्यसैले साक्षर उपमहानगर बनाउन अझै समस्या देखिन्छ,’ नगर शिक्षा अधिकृत शाही भन्छन् ।

    Thakur singh
    त्यस्तै ६ वटा वडा भएको डुडुवा गाउँपालिकाले पनि एउटा टोल पनि साक्षर घोषणा गर्न सकेको छैन । हाल उक्त गाउँपालिकामो ९ हजार सर्वसाधारणहरु पढ्न लेख्न जान्दैनन् । डुडुवाका शिक्षा शाखा प्रमुख सन्जय कर्णले पालिकालाई साक्षर घोषणा गर्न अभियान सन्चालनका लागि कुनै कार्यक्रम सन्चालन नगरिएको बताए । उनले जनप्रतिनिधिहरुको प्राथमिकतामा साक्षर अभियान नपरेको उनको गुनासो छ । ‘पालिकालाई साक्षर बनाउन तर्फ कसैको ध्यान पुगेको छैन,’ उनले भने।
    जिल्लाको दुगर्म मानिने नरैनापुर गाउँपालिकाले नयाँ आर्थिक बर्षमा साक्षर पालिका घोषण गर्ने भन्दै अभियान सन्चालन गरेको छ । शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले तीन महिनामा साक्षर पालिका घोषण गर्ने योजनामा रहेको जनाए । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवस्तवले जिल्लालाई साक्षर घोषणा गर्न पालिका प्रमुखहरुले प्रत्येक वर्ष प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नगर्ने बताए । उनले चालु आर्थिक वर्षमा पनि बाँके जिल्ला साक्षर घोषणा हुने समस्या रहेको जनाए । बाँकेको कोहलपुर नगरपालिका, खजुरा, जानकी र राप्तिसोनारी गाउँपालिका भने साक्षर पालिका घोषणा भइसकेका छन् ।

  • २६ भाद्र २०७८, शनिबार १०:०९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ