कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप – Dastabej

कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप


  • दस्तावेज

  • नेपालगन्ज । राजस्व छल्न अनेक उपाय गरिन्छ । त्यस मध्ये एक हो, आयात गर्ने बस्तुको कम मुल्य राख्नु । त्यसलाई पुष्टिई एक साताअघि भएको घटनाले गरेको छ । तर यो पहिलो पल्ट भने होईन । मलेसीया, भियतनामलगायतका तेस्रो मुलुकबाट भारत हुँदै ल्याइएको समानहरुको निकै कम मुल्य राखेर नेपालगन्ज भन्सारकै दुई कर्मचारीहरुको मिलोमतोमा भित्रियाईयो । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले कम मुल्यमा समान आयात गरिएको सूचनाको आधारमा पक्राउ गर्दा आकास जमिनको मुल्य राखेको पार्ईएको छ । एक साता अघि नेपालगञ्ज भन्सार कार्यालयबाट ‘युपी ४० टि ४२५९’ नम्बरको मालबाहक ट्रकबाट नेपालगन्जकै व्यबसाइले मगाएको उनचिटर (जकेट) टीशर्ट, टाउजर, ब्रा लगायतका समानहरुको निकै कम मुल्य राखेर भन्सार छलि भएको हो । नेपालगन्ज भन्सारका राजस्व अधिकृत तोपबहादुर भुसाल र जाँचकी रेवती गिरीको मिलोमतोमा कम मुल्य राखेर निर्यात गरिएको हो । नेपालगन्ज भन्सार स्रोतका अनुसार २२ सय पर्ने उनचिटरको मुल्य ७० रुपैयाँ र ७ हजारसम्म मुल्य पर्ने जकेटको मुल्य १०० रुपैयाँ भन्सार तिर्ने बेलामा राखिएको छ । ब्रा र टाउजर लगायतका समानको मुल्य नै नराख नेपाल ल्याइएको छ । राजस्व अनुसन्धान कोहलपुरले त्यही ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १ करोड २७ लाख मुल्य रहेको अनुमान गरिएको छ । ‘भन्सारमा त कुनै मुल्य नै नराखी समान आयात गरिएको छ । हामीले नियन्त्रणमा लिई हेर्दा १ करोड २७ लाखको समान रहेछ,’ राजस्व अनुसन्धान कोहलपुरका प्रमुख सरोजकुमार पोखरेल भन्छन्,‘अनुसन्धान जारी छ । घटनामा मुछिएका दुई जना भन्सारका कर्मचारीलाई पनि बयान लिइरहेका छौँ ।’
    घटनापछि राजस्व छलीमा सहयोग पुर्याउने भन्सारका भुसाल र गिरीले अर्थ मन्त्रालयसम्म चक्कर लगाई रहेका छन् । उनीहरुले अर्थ मन्त्री र सचिवको पावर लगाएर घटनाबाट उम्किन खोजिरहेको भन्सार कर्मचारीहरु बताउँछन् । उनीहरुले अनुसन्धानमा खटिएका अधिकारीहरुलाई पनि दबाव दिइरहेको बताइएको छ । नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत जय बहादुर भण्डारीले भन्सारबाट गएको गाडीलाई राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको र आफ्नो कर्मचारीबाट कमजोरी हुनसक्ने बताए । यता, राजस्व छलीमा मुछिएका नेपालगन्ज भन्सारका भुसाल र गिरीको मोबईल अफ गरेका कारया सम्पर्क हुनसकेको छैन ।

  • २६ भाद्र २०७८, शनिबार १६:५७ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ