अति विपन्नलाई खजुरा गाउँपालिकाद्धारा तीन कोठे भवन – Dastabej

अति विपन्नलाई खजुरा गाउँपालिकाद्धारा तीन कोठे भवन


  • दस्तावेज

  • नेपालगन्ज । खजुरा गाउँपालिकाले जनतासंग स्थानीय सरकार अन्तरगत अति विपन्न खजुरा ३ निवासी नेत्रबहादुर गुरुङलाई तीन कोठे भवन हस्तान्तरण गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना प्रमुख दिलबहादुर पौडेलले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन । ४ लाख ३६ हजार ८८१ रुपैयाँ ४७ पैसामा २ कोठा एक भान्सा कोठा र एउटा शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको हो । घर पाएपछि खुशीले गदगद हुँदै गुरुङले आफ्नो पीडा स्थानीय सरकारले बुझेर सम्बोधन गरेको बताए । खजुरा गाउँपालिका प्रमुख कक्षपतिले जनतासंग स्थानीय सरकार कार्यक्रम अन्तर्गत गत वर्ष खजुरा गाउँपालिकाका ८ वडाका १ हजार ५ सय बढी जेष्ठ नागरिकको निशुल्का आँखा जाँच र १ सय जनाको अप्रेसन गरिएको जानकारी दिए । उपाध्यक्ष एकमाया विकले गरीब, अतिविपन्न नागरिकलाई पालिकाले विभिन्न किसिमबाट सहयोग गर्दै आएको बताइन् । योजना प्रमुख पौडेलका अनुसार तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत खजुरा ३ क गाउँमा १६ वटा सामूहिक आवास निर्माण गरिएकोमा सम्झौता भएर असोज १ गतेदेखि बस्ने कार्यक्रम रहेकोे छ । यो वर्ष पनि सोही कार्यक्रम अन्तरगत ६ वटा आवास बनाउने योजना रहेको उनले बताए ।

  • २६ भाद्र २०७८, शनिबार १८:३२ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ