ज्योति लाइफ ईन्स्योरेन्सका एरिया सेल्स म्यानेजरले गरे ‘बलात्कार’को प्रयास घटनाः केन्द्रीय कार्यालद्धारा माझीलाई जोगाउने प्रयास – Dastabej

ज्योति लाइफ ईन्स्योरेन्सका एरिया सेल्स म्यानेजरले गरे ‘बलात्कार’को प्रयास घटनाः केन्द्रीय कार्यालद्धारा माझीलाई जोगाउने प्रयास


  • दस्तावेज

  • नेपालगन्ज । एक महिलालाई आफ्नै गाडीमा बलात्कारको प्रयास गरेको आरोप लागेका र हाल अभद्र व्यवहार मुद्दामा धरौतीमा रिहा भएका नेपालगन्ज एरिया सेल्स म्यानेजर मोहनकुमार माझीलाई ज्योति लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंले कारवाही गर्नुको साटो जोगाएको तथ्य खुलेको छ । माझीले महिलालाई बलात्कार प्रयास गरेको दिन केन्द्रीय कार्यालयले बर्दियाको राजापुरमा नयाँ एजेन्टहरुलाई तालिम दिन गएको कागज बनाएर जोगाउने प्रयास गरेको हो । उसले प्रहरी र जिल्ला प्रशासन कार्यालय बाँकेले सोधेको प्रश्नमा पत्राचार गरेर उक्त कागज पठाएको हो । माझीले घटना भएको राति २०७७ असार २२ गते राजापुर कर्णालीस्थितमनकामना रिभर साईड होटेल एण्ड रेष्टुरेन्टमा बसेको बील पेश गरेका छन् । तर उक्त होटेल सन्चालकले भने आफ्नो होटेलमा बस्नका लागि कोठा नभएको बताएका छन् । उनले माझीले प्रशासनमा पेश गरेको बील आफ्नो नभएको उनले दाबी गरेका छन् । उनले भने, बीलमा श्री गणेशाय नमः लेखिएको छ । तर म त क्रिस्चियन हुँ ।
    सार्वजनिक पद धारणा गरेका व्यक्तिमाथि फौजदारी अपराधको आरोप लागेपछि कुनै पनि सम्बन्धित संस्थाले त्यस्ता व्यक्तिलाई निलम्बन गरेर छानबीन गर्ने समान्य कानुनी सिद्धान्त छ । तर ज्योती लाईफ इन्स्योरेन्सले भने एरीया म्यानेजर माझीलाई जोगाउन लागिपरेको छ । इन्स्योरेन्स काठमाडौंका प्रमुख प्रकासबिक्रम खत्रीलाई पटकपटक फोन सम्पर्क प्रयास गर्दा कल उठेको छैन । उनले टेक्स मी एसएमएस पठाउने तर कुराकानी गर्न चाहेका छैनन् । बलात्का। प्रयासको मुद्दालाई प्रहरीले जाहेरी नलिएपछि अभद्र मुद्दा चलेको छ । माझीलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौतीमा रिहा गरेको छ ।
    ०७७ असार २१ गते राति ८ बजेको समयमा नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर मोहनकुमार माझीले ती महिलालाई आफ्नै गाडीमा राखेर बलात्कारको प्रयास गरेका थिए । महिलाले एक घण्टासम्म प्रतिकार गरेपछि बलात्कृत हुनबाट जोगिएकी थिइन् । बलात्कारको प्रयासका आरोपित माझीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार मुद्दामा तारेखमा रहेको बताए । उनले घटना भएको दिन आफू कोहलपुर नभएको दाबी गरे । जिल्ला प्रशासन कार्यालय बाँकेका मुद्दा फाँटका प्रमुख टेकबहादुर भण्डारीले प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएकाले कम धरौटीमा छाडिएको बताए । पीडित महिलाका अनुसार घटनाका दिन माझीले कोहलपुरको चटार जाने रोडमा आएर अभिकर्ताको डकुमेन्ट लिन बोलाए । महिलाले ८ बजिसकेको भन्दै भोलि लिन बताइन् । तर माझीले भोलि अन्तै जानु छ अहिले आउनुस् भन्दै कर गरेपछि अभिकर्ताको कागज लिन पुगेको उनले बताइन् । ‘अभिकर्ताको कागज लिएपछि म घर हिँडे । उसले मलाई घरसम्म छोडिदिन्छु भन्दै गाडीमा बस्न भन्यो,’ उनले भनिन्,‘गाडीको ढोका र शिशा लक गरेर गाडी कुदायो । म रोक्नुस् रोक्नुस् भन्दै कराएँ । तर उसले गाडी नरोकेर बानियाभार जंगलसम्म लग्यो । अनि गाडीमै बलात्कार गर्न खोज्यो । एक घण्टा प्रतिकार गरेर जोगिए ।’ पीडितका तर्फबाट कानुनी सहयोग गरिरहेका अधिवक्ता बसन्त गौतमले अभद्र व्यवहार मुद्दामा पनि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाए । उनले मुद्दाको अनुसन्धान राम्रोसँग नहुँदा पीडित थप पीडित हुनु परेको बताए । इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले उक्त मुद्दा आफ्नो पालाको नरहेको भन्दै अभद्र व्यवहार मुद्दामा पनि सजाय हुन सक्ने जनाए ।

    नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार

  • २७ भाद्र २०७८, आईतवार १३:२९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ