त्रिबेणी बिकास समाजद्धारा ३५ बिद्यार्थीलाई साइकल बितरण – Dastabej

त्रिबेणी बिकास समाजद्धारा ३५ बिद्यार्थीलाई साइकल बितरण


  • दस्तावेज

  • नेपालगन्ज । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरले आइतबार ३५ बिद्यार्थीलाई साइकल बितरण गरेको छ । एक कार्यक्रमका बिच जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालले बिद्यार्थीलाई साइकल हस्तान्तरण गरेका हुन । जानकी गाउँपालिका वडा नम्बर ३, ४ र ६ का बिद्यार्थीलाई साइकल बितरण गरिएको हो । बालबिवाह न्युनिकरण गर्न र शिक्षामा सहयोगका लागि साइकल बितरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक पतिराम थारुले बताए । साईकल बितरण गर्दै जानकी गाउँपालिका कार्यबाहक अध्यक्ष धितालले बालबालिका नै सचेत हुनुपर्ने बताईन । उनले भनिन, बालबालिकाले आप्mना अभिभावकलाई भन्नसक्नु पर्छ कि मैले आप्mनो खेल्ने पढ्ने उमेरमा बिवाह गर्देन । अनिमात्र बालबिवाह न्युनिकरण हुनसक्छ ।
    आउने दिनमा बालविबाह न्युनिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत धितालले जनाईन । साइकल पाएपछि बिद्यार्थीहरु हर्षित भए । श्री माध्यमिक बिद्यालय बन्जारे गाउँको कक्षा ९ मा अध्यनरत् बालिका क्रन्ति बडहीले साइकल पाएपछि खुसि व्यक्त गर्दै भनिन्, आज मेरो आमबुवाले भन्नुहुन्छ, ओहो मेरो छोरीले साइकल पाएको छ । पढेर अगाडी बढिरहेको छ । साइकल पाईसकेपछि अब बिद्यालय जानआउन सहज हुने उनले बताइन् ।

    संस्थागत बिकास संन्जाल ललितपुरका अध्यक्ष अमरबहादुर ऐरले साइकल बितरण एउटा सन्देश मात्रै भएको बताए । उनले बालबिवाहको अन्त्य गरी बालबालिकालाई शिक्षा दिनकालागि अभिभावकको सोचमा परिवर्तन हुनु पर्ने जनाए । संस्थागत बिकास संन्जाल ललितपुरका रणनितिक सल्लाहकार बालकृष्ण महर्जनले शिक्षामा बाधा हुने कुराको पहिचान गरेर साइकल बितरण गरेको बताए । उनले बालबिवाह हुनुको मुख्य कारण एउटा शिक्षामा पहुँच नुहुनु भएको जनाइ । यस्तै त्रिबेणी बिकास समाजका अध्यक्ष दरिकला महराले साइकल वितरण गरी अभिभावकलाई जिम्मेबारी सुम्पिएको बताए । कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ३ अध्यक्ष बिन्देश्वरी बर्मा, ४ का अध्यक्ष बिश्राम बर्मा, ६ का अध्यक्ष सुरेश अहिरले कार्यक्रमको प्रशंसा गर्दै अगामी दिनमा सहयोग गर्ने प्रतिबद्धा समेत व्यक्त गरे । संस्थाका कार्यक्रम व्यवस्थापक पतिराम थारुले संस्थाले गरेको मुख्य मुख्य क्रियाकलापका बारेमा जानकारी गराएका थिए । साइकल बिरतण कार्यक्रमको सन्चालन त्रिबेणी बिकास समाजका समाजिक परिचालक मिश्रीलाल यादवले गरे भने त्रिबेणी बिकास समाजका समाजिक परिचालक अशोक यादव लगायतका शिक्षक अभिभावक, बिद्यार्थीहरुको सहभागिता थियो ।

  • २७ भाद्र २०७८, आईतवार १८:२३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ