नक्कली नोटसहित बारामा ५ जना पक्राउ – Dastabej

नक्कली नोटसहित बारामा ५ जना पक्राउ


  • दस्तावेज

  • फाईल फोटो ।

    बारा । निजगढ नगरपालिका-८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका-५ बस्ने ३६ वर्षीय बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २४ वर्षीय सागर शुक्ला र सोही ठाउँ टेङरहर टोल घर भई बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।

    उक्त होटलको कोठामा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र राखेको १ हजार दरको २५ थान नेपाली नक्कली नोट फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा.१४ च ९३८२ नम्बरको गाडी समेत सोही होटल अगाडिबाट प्रहरीले बरामद गरेको छ । थप अनुसन्धानको क्रममा सुनिल कुमार रामको रौतहटस्थित घरमा उक्त नोट तयार गर्ने कटिङ्ग कागजहरू रहेको खुल्नासाथ ईलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको अवस्थामा १ हजार दरको नोट आकारमा कटिङ्ग गरी रवरले बाँधेको अवस्थामा प्रति १ सय थानको ९३ गड्डी कागज, १ हजार दरको ३९ थान नेपाली रुपैयाँ तथा सोही स्थानमा रहेको बीआर ०५ क्यू ४६१० नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००१ प ४२६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

     

  • २७ भाद्र २०७८, आईतवार १८:४२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश