तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति – Dastabej

तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति


  • दस्तावेज


  • काठमाडौँ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो । नेपाल मौरीपालक महासङ्घले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको छ । महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको जनाउनुभएको छ । यसले आफ्ने अधिकार प्रयोग गर्ने नाममा भ्रामक कुरा सार्वजनिक गरेकोमा महासङ्घले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ । गीत सच्याउन पनि माग गरिएको छ । महासङ्घले तोरीमा मौरी विचरण गर्दा ३० प्रतिशत बढी उत्पादन वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको समेत जानकारी गराएको छ । (रासस)

     

  • २८ भाद्र २०७८, सोमबार ११:०३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ