फाईल फोटो ।
बाँके । बाँकेको राप्ती सोनारी गाउपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघले झम्टेर एक जनालाई मारेपछि निकुन्ज प्रशासनले त्यस क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । बाघले फेरि पनि आक्रमण गर्न सक्ने भन्दै निकुन्जले दुई वटा हात्ती पठाएको छ । स्थानीयका अनुसार बाघको आक्रमणमा मृत्यु भएको व्यक्तिको सनाखत हुनसकेको छैनसुस्त मनस्थितीका उनी लामो समयदेखि स्थानीय होटेलहरुमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए । उनलाई स्थानीयले चाचा भनेर बोलाउँथे । आईतबार निकुन्जका कर्मचारीहरुले गाभर क्षेत्रमा बाघ देखिएको भन्दै स्थानीयलाई सतर्क गराएका थिए ।
घटनापछि स्थानीयलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको प्रमुख संरक्षण अधिकृत श्याम शाहले बताए । उनका अनुसार दुई वटा बाघले घटना घटाएको जनाए । मृतकको शव सोमबार बिहान नजिकैको भट्टे नालामा बाघले घिसारेर लगेको अवस्थामा भेटिएको छ । सन् २०१८ को गणनामा बा“के निकुन्जमा हाल २१ वटा बाघ रहेको निकुन्जले जनाएको छ ।