दुई वर्षअघि वीरगन्जमा बम विस्फोटगराउने अन्सारी पक्राउ – Dastabej

दुई वर्षअघि वीरगन्जमा बम विस्फोटगराउने अन्सारी पक्राउ


  • दस्तावेज

  •  

    पर्सा । विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध मुद्दाका फरार वीरगंज महानगरपालिका २४ बस्ने ३३ वर्षीय विवेक सिंह भन्ने फुलहसन अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ०७६ साउन २४ गते बेलुकी वीरगंज महानगरपालिका-४ स्थित बिर्ता बजारमा तथा सोही महिनाको २८ गते बेलुकी सोही महानगरपालिका-८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पड्काई भयत्रास फैलाएको तथा वीरगञ्जका उद्योगी व्यापारी र सर्वसाधारणलाई फोनबाट धम्काउने समेतका आपराधिक कार्यका उनी मुख्य योजनाकार थिए । सोही अपराधमा संलग्न वीरगंज महानगरपालिका-२४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई २०७६ भदौ ४ गते ४ थान गोली र सुतली बम सहित पक्राउ भएकोमा जिल्ला अदालत पर्साबाट विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध अन्तर्गत कसूरमा जनही २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना फैसला भई कारागार कार्यालय पर्सामा कैद सजाय भोगिरहेको र फुलहसन अन्सारीको हकमा मुद्दा मुल्तबी रहेको थियो ।

    उनी भारतको मुजफ्फरपुरमा पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको, बेलाबखत रक्सौल आई वीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको र वीरगञ्जमा घटना घटाउने योजना बनाएको भन्ने जानकारीको आधारमा भारतीय प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज रामगढवास्थित उनकै घरतर्फ आउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । फुलहसन यस अघि २०६५ पुस ७ गते वीरगंज उपमहानगरपालिका-१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको घटनामा पक्राउ परी अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर भएकोमा २०७४ असोज ८ गते बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त भएका थिए ।

     

  • २८ भाद्र २०७८, सोमबार १८:०७ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ