नवलपरासी । पुर्बपश्चिम राजमार्गको गैंडाकोटको थुम्सी क्षेत्रमा बस र ट्रक एकापसमा ठक्कर खाँदा ३ जनाको ज्यान गएको छ भने २७ घाइते भएका छन् । मृतकहरूको पहिचान खुल्न नसकेको छैन ।प्रहरीका अनुसार मंगलबार बिहान काँकडभिट्टाबाट आउँदै गरेको सु १ ख ११२३ नम्बरको बस र पश्चिम तर्फबाट जाँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।