गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था – Dastabej

गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था


  • दस्तावेज

  • फोटोः सामाजिक सन्जाल ।

    नेपालगन्ज । गैंडाकोटमा मंगलबार बिहान बस र ट्रक दुर्घटनामा परी बर्दिया बाँसगढी नगरपालिका ८ लक्षमना गाउँका ७० वर्षीया योगमाया सुवेदीको मृत्यु भएको छ । उनका श्रीमान ८२ बर्षीय डिल्लीराम सुवेदी, छातीमा भित्री चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष तुलप्रसाद गौतमका अनुसार सुबेदी दम्पत्ती पुर्खुौली घर झापा गएर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेका हुन ।
    त्यस्तै, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नं। १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२(००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए ।

    नयाँ मेडिकल कलेजमा उपचाररत घाइतेहरुको विवरण
    १) कञ्चनपुरको बेलपुर बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर राअ कर्मचारी ।
    २) जुम्लाको तिला–४ बस्ने वर्ष ३३ को टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भीर
    ३) बर्दिया बाँसगढी–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भीर
    ४) बस चालक कञ्चनपुर कञ्चनपुर नगरपालिका–४ बस्ने वर्ष ४२ को लालविर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
    ५) ट्रक चालक प्यूठान नगरपालिका–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
    ६) महोत्तरीको बर्दिवास–७ बस्ने वर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
    ७) रुपन्देही बस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
    ८) सुर्खेतको विरेन्द्रनगर नगरपालिका–७ बस्ने वर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, अवस्था मध्यम ।
    ९) झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
    १०) कञ्चनपुरको झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
    ११) सुर्खेतको विरेन्द्रनगर–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
    १२) नवलपरासी ९पूर्व० हुप्सेकोट–३ बस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, अवस्था सामान्य ।
    १३) नवलपरासी ९पूर्व० हुप्सेकोट–३ बस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, अवस्था सामान्य ।
    १४) नवलपरासी ९पूर्व० पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, अवस्था सामान्य ।
    १५) कैलाली बस्ने वर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, अवस्था सामान्य ।
    १६) कञ्चनपुरको महेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, अवस्था सामान्य
    १७) जुम्लाको तिला–४ बस्ने वर्ष २६ को चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
    १८) झापाको बाहुनडाँगी बस्ने वर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
    १९) मोरङको विराटनगर–३ बस्ने वर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, अवस्था सामान्य, डिष्चार्ज० ।
    २०) मोरङको विराटनगर–३ वर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, अवस्था सामान्य । डिष्चार्ज। स्रोतः अनलाईन खबर ।

  • २९ भाद्र २०७८, मंगलवार १२:२४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ