औद्योगिक करिडोरको जग्गा जोगाउन रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा – Dastabej

औद्योगिक करिडोरको जग्गा जोगाउन रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा


  • दस्तावेज

  • रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् रहने छ । राष्ट्यि समाचार समिति (रासस) का अनुसार  निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका–१७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका–१७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ती बुटवल उपमहानगरपालिका–१७ र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जग्गा (धन्दापुर सौरहियासम्म) तोकिएको छ । निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

  • २९ भाद्र २०७८, मंगलवार १६:०५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ