प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चित - Dastabej

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चित


  • दस्तावेज


  • धनुषा । प्रदेश नं २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक कहिले बस्ने अझै निश्चित छैन । सत्तारुढ दल जनता समाजवादी पार्टी ९जसपा० र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित बनेको हो । गत असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौँ अधिवेशन अन्त्य गरिएको थियो । सातौँ अधिवेशनको हालसम्म कुनै सुरसार छैन ।लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसद्माथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन् । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताउनुभयो । “दसैंँअघि नै अधिवेशन आह्वान गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।

    यसैगरी प्रदेशसभाका विभिन्न विषयगत संसदीय समितिसमेत अहिले सभापतिबिहीन छन् । सार्वजनिक लेखा, कृषि र प्राकृतिक स्रोतलगायत समिति सभापतिबिहीन छन् । अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ । यसअघि पाँच दल थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा ९एकीकृत समाजवादी० र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नयाँ दलकारुपमा अस्तित्वमा आएका छन् । जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । त्यस्तै एमाले विभाजित एकीकृत समाजवादीमा १३ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, नेकपा ९माओवादी केन्द्र० का ८, एमालेका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद छन् । एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने भएको छ । सङ्घीय सरकारमा बनेको समीकरणजस्तै प्रदेश २ मा पनि बनाइने दलहरूबीच सहमति भएको छ । अहिले जसपाको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन् ।

  • २९ भाद्र २०७८, मंगलवार १७:१७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता