सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ – Dastabej

सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ


  • दस्तावेज

  • फाईल फोटो । 
    नेपालगन्ज । बाघले झम्टेर एक जनाको ज्यान गएको बाँकेको राप्ती सोनारी गाउँपालिका १ पुर्बी गाभर क्षेत्रको राजमार्ग क्षेत्रमा मंगलबार पनि बाघ देखिएको छ । बाँके राष्ट्यि निकुन्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार त्यस क्षेत्र तर्फ गएका मोटर साईकल चालकले राजमार्ग छेउमै बाघ देखेको जानकारी आएको बताए । उनले बाघले फेरि पनि आक्रमण गर्ने सक्दै नेपाली सेना परिचालन गरिएको बताए । त्यस्तै, हात्तीसहितको निकुन्जका कर्मचारी परिचालन गरिएको छ । सन् २०१८ को गणनामा बाँके निकुन्जमा हाल २१ वटा बाघ रहेको निकुन्जले जनाएको छ । नका अनुसार दुई वटा बाघले घटना घटाएको जनाए । मृतकको शव सोमबार बिहान नजिकैको भट्टे नालामा बाघले घिसारेर लगेको अवस्थामा भेटिएको छ । सन् २०१८ को गणनामा बाँके निकुन्जमा हाल २१ वटा बाघ रहेको निकुन्जले जनाएको छ । आईतबार राति दुई वटा बाघले झम्टेरा एक जनाको ज्यान लिएका थिए । बाघको गतिबिधि निगरानी गर्न क्यमेरा जडान गरिएको छ ।

    बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु

  • २९ भाद्र २०७८, मंगलवार १८:०२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला