मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली – Dastabej

मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली


  • दस्तावेज


  • बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको बताएकी छन् । उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दावी गरेकी छन् । त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छन् ।‘म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।’

    आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् । ‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’ वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ ।रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले निवर्तमान मुख्यमन्त्री पोखरेलविरूद्ध मुद्दा परेको र उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए । सांसद वलीले उल्लेख गरेको घटनाको सुरुवात दाङ भएकाले दाङमा पठाइएको उनको भनाइ छ । दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले भने दाङमा उजुरी आइनसकेको बताए । अनलाईन खबर ।

  • ३० भाद्र २०७८, बुधबार १५:४४ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन