सुर्खेतमा औषधि अभाव – Dastabej

सुर्खेतमा औषधि अभाव


  • दस्तावेज

  • सुर्खेत । सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ ।छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताउनुभयो । “पाँच÷६ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको अभाव छ,” उहाँले भन्नुभयो, “अन्य औषधिसमेत अभाव भएको छ ।”

    स्वास्थ्यचौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिन चक्की अभाव भएको बरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिनुभयो । एक वर्षदेखि जिन चक्कीको अभाव रहेको उहाँले बताउनुभयो । जिन चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उहाँले बताउनुभयो । त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधिसमेत अभाव भएको रहेको बुढाले बताउनुभयो । रामघाट र छिन्चुमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । छिन्चु स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले यहाँ अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैँले खरिद गर्ने गरेका छन् ।

    यस्तै भरीगङ्गा स्वास्थ्य शाखाले सङ्घबाट खरिद भएर आउने औषधि समयमा नआउँदा औषधिको अभाव भएको जनाएको छ । अति आवश्यक औषधि स्वास्थ्यचौकीमा अभाव नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताउनुभयो । “केन्द्रले खरिद गरेर पठाउने नौ प्रकारको औषधि अभाव भएको छ,” उहाँले भन्नुभयो, “जिन चक्कीका साथै परिवार नियोजनका साधनको समेत अभाव छ ।” जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा पटक पटक जानकारी गराइएको उहाँले बताउनुभयो ।यसैबीच केही दिनअघि सुन्दर नेपाल संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत गठन गरिएको निगरानी समूहले स्वास्थ्यचौकीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्यचौकीहरुमा अत्यावश्यक औषधिको अभाव रहेको पाइएको परियोजनाका कार्यक्रम संयोजक याम थापाले जानकारी दिनुभयो । (रासस)

  • ३० भाद्र २०७८, बुधबार १६:०१ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन