नेपालगन्ज । बर्दिया गेरुवा गाउँपालिका वडा न १ पाताभार बस्ने १५ वर्षीय आदर्श परियार सोमबार साँझ नेपालगन्जबाट वस चढेर आफन्त भेट्न राप्ती सोनारी जाँदै थिए । सिधनीया घाट पुगेपछि राप्ती नदीको पुल आयो । उनलाई पुल हेर्न मन लाग्यो । उनी चढेको भे।१ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकालेर राप्ती नदी र पुल हेर्न थाले । बाँके प्रहरीका अनुसार वस हुक्दिै थियो । आदर्श को टाउको पुलको खम्बामा बजारियो । उनी घाईते भए । टाउकोमा चोट लागेर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती नदीको सिधिनीयाको पुल वन वे छ । पुलमा गाई भैसी वा साईकल यात्री हिडिरहेका बेला ठूला सवारी साधन छिर्न मुस्क्लि हुन्छ ।