आमा–छोरासँगै कक्षा १२ को परीक्षामा – Dastabej

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा


  • दस्तावेज

  • दैलेख । बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले आज राससलाई जानकारी दिनुभयो ।
    टीकाकुमारीले भन्नुभयो, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ । पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ”। नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएकोे छ ।

  • ३१ भाद्र २०७८, बिहीबार १२:२८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट