दुर्घटनामा तीनको मृत्यु, एक घाइते – Dastabej

दुर्घटनामा तीनको मृत्यु, एक घाइते


  • दस्तावेज

  • रामेछाप ।काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेका छन् । बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको थियो ।

  • ३१ भाद्र २०७८, बिहीबार १३:५६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश