जहाँ जंगली हात्तीसंग लडाई जित्न रातभरी थाल बजाईन्छ – Dastabej

जहाँ जंगली हात्तीसंग लडाई जित्न रातभरी थाल बजाईन्छ


  • दस्तावेज

  • बर्दिया । धान पाक्ने तयारीमा छ । जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुन्ज आसपासका गाउँ आतंकित छन् । बर्दियाको राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका जंगली हात्तीबाट बढी प्रभावित हुने गरेका हुन । हात्ती र मानवबीचको लडाई यो वर्षमात्रै होईन निकुन्ज स्थापना भएयता निरन्तर चल्दै आएको छ । तर मानव—बन्यजन्तुबीचको लडाईमा कुनै कमी आएको छैन ।

    दुई पक्षको द्धन्द्धले सर्वसाधारणहरुको मृत्युसमेत हुने गरेको छ । बालीनालीमा करोडौको क्षति हुने गरेको छ । गएको आर्थिक वर्षमा मात्रै ५० लाख बढी क्षतिपुर्ति निकुन्ज प्रशासनले दिएको छ । मधुवन नगरपालिका १ डल्लाका ओम चौधरीले हात्ती धपाउन रातभरी जाग्राम बस्ने गरेको बताउँछन् । उनले धान खान आउने हात्तीलाई धपाउन रातभरी हल्ला गर्ने थाल पिट्ने, आगो बाल्ने गरेको जनाए ।

    उनका अनुसार जति प्रयास गरेपनि जंगली हात्तीको समस्या स्थायीरुपमा हुन सकेको छैन । निकुन्ज प्रशासनले हात्तीलाई निकुन्जबाट बाहिर निस्किन नदिन पक्की आरसीसी पिलर निमार्ण, बिद्युतीय तार जडान, सोलार र मेस जालीलगायतका विकल्प खोजियो । तर ति सबै बिधिलाई हात्तीले उछिन्दै गएको छ । दुई वर्षअघि ३ किलो मिटर तारबार गरियो । हालसम्म १ सय २५ किलो मिटर तारबार भइसकेको छ । जंगली हात्तीबाट पीडित राजापुर नगरपालिका ३ खुटेनाका कृष्णराम थारुले घरमा बस्नै नमिल्ने गरी क्षति भएको बताए ।

    कति छन् जंगली हात्ती ?

    बर्दिया निकुन्जका अनुसार यहा“ दुई सय बढी जंगली हात्ती रहेको अनुमान गरिएको छ । हात्तीको समूह नै गाउ“ पस्दा बढी क्षति हुने गरेको हो । स्थानीयहरु हात्ती लखेट्न थाल पिट्छन् । रातभर जाग्राम बस्छन् । हाल एशियामा ४० देखि ५० हजार हात्तीको संख्या अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुन्ज आसपास क्षेत्रमा जंगली हात्तीले बर्सेनी अन्नबाली र धनजनको नोक्सान गर्दै आएको छ । बबई नगरपालिकाको बलाती, कर्मला, डुर्मेनी, बर्गदा, ठाकुरद्वाराको शिवपुर हात्तीसार र सूर्यपटुवाको कैलासीलगायत निकुन्ज आसपासका विभिन्न गाउ“मा जङ्गली हात्ती पसेर बर्सेनी सयौं बिगाहामा लगाइएको खाद्यन्नमा क्षति पुगाएको छ । कतिपयको घरगोठ भत्काइ दिएको छ । जंगल विनाश हु“दै गर्दा हात्तीको बासस्थान घट्दो छ । बचेखुचेको जंगलमा पनि मानवीय गतिविधिले वन्यजन्तुको बासस्थानलाई बाधा पुगेको छ । जंगलमा वन्यजन्तुलाई पर्याप्त आहारा नभएका कारण बन्यजन्तु गाउ“ पस्ने गरेका हुन । जंगली हात्ती एक पल्ट हिडिसकेको बाटोमा सधै प्रयोग गर्छ ।

    बाध्यता

    क्याप्सनः बर्दियाको ठाकुरबाबा नगरपालिकामा जंगली हात्तीले भत्काएको घर । तस्बिरः फाईल

    घरछेउमै बाँके राष्ट्रिय निकुन्ज पर्छ । मध्यवर्ती जगल क्षेत्रमा दर्जनौ बढी गाउँ पर्छन । निकुन्जबाट बन्यजन्तु गाउँ पस्छन् । स्थानीयको बालीनालीमा क्षति पु¥याउँछन । घरपालुवा चौपाया मार्छन् । तर निकुन्जका बन्जजन्तु मार्न नपाई भएकाले स्थानीयले सकेसम्म धपाउँछन् । नभए तयार भएको बालीमा क्षति भइरहेको टुलुटुलु हेर्न बाध्य छन् । निकुन्ज स्थापना भएयता आसपासका मध्यवर्ती क्षेत्रका सर्वसाधारण र बन्यजन्तुबीच द्वन्द्व बढदो छ । द्वन्द्वका कारण बन्यजन्तुको संरक्षणमा समस्या देखिएपछि बिकल्पमा डल्लाको होमस्टे रोजाईमा परेको हो । उनीहरुले खेतिपाती र पशुचौपाया पाल्नुको साटो होमस्टेलाई आयआर्जनको माध्यम बनाउन जुटेका छन् । निकुन्जमा बाघ, चितुवा, हात्ती, बा“देल, बाघ, हुन्डर, स्याल लगायतका बन्यजन्तुको संख्या बढेको हो । बन्यजन्तुको संख्या बढेसंगै मानव—बन्यजन्तु द्वन्द्व बढेको छ । बन्यजन्तुलाई रोक्न तारबार गरिएपनि नियन्त्रण हुन सकेको छैन ।

  • ३१ भाद्र २०७८, बिहीबार १४:३० प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ