अमेरिकामा एक शिक्षिकाले सात वर्षे छात्राको कपाल काटिदिएपछि १० लाख डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा – Dastabej

अमेरिकामा एक शिक्षिकाले सात वर्षे छात्राको कपाल काटिदिएपछि १० लाख डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा


  • दस्तावेज

  • दस्ताबेज । अमेरिकामा एक शिक्षिकाले सातवर्षे छात्राको कपाल काटिदिएपछि १० लाख डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा

    संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दाबी गरेका छन्।

    उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन्।

    जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन्।

    उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन्।

    स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो।

    ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन।

    के भएको थियो?
    होफ्मेयरले असोसिएटिड प्रेसलाई बताएअनुसार गत एप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश काटिएको थियो।

    उनले विद्यालयको बसमा छोरीका एक सहपाठीले जर्नीको घुम्रिएको लामो केश काट्न कैँची चलाएको बताए।
    बिग्रिएको केश मिलाउन उनलाई हजामका लगिएको भए पनि दुई दिनपछि जर्नी विद्यालयबाट फर्किँदा अर्को भागको केश पनि काटिएको थियो।

    जर्नीका बुवाले त्यस्तो काम अर्को विद्यार्थीले गरेको ठानेका थिए। तर छोरीले भने त्यसो शिक्षिकाले गरेको बताइन्।

    उनले एपीलाई बताएअनुसार ती शिक्षिकाले दुवैतिरको केश बराबर बनाइदिन त्यसो गरेकी थिइन्।

    मुद्दामा के छ?
    पश्चिम मिशिगनस्थित एउटा सङ्घीय अदालतमा दायर मुद्दामा माउन्ट प्लीजन्ट पब्लिक स्कूल्स र दुई शिक्षक प्रतिवादी बनाइएको छ।

    उक्त मुद्दामा ती बालिकाको संवैधानिक अधिकार हनन भएको तथा रङ्गभेद, जातीय त्रास, मनोवैज्ञानिक अस्थिरताका लागि नियतवश व्यवहार र आक्रमण गरिएको आरोप लगाइएको छ।

    शैक्षिक प्रशासनले “आफ्ना कर्मचारीहरूलाई राम्रोसँग तालिम, अनुगमन, निर्देशन, अनुशासनमा राख्न असफल” भएको आरोप पनि छ।

    ती आरोपबारे कुनै औपचारिक उत्तर आएको छैन र विद्यालय प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया जनाएको छैन। बीबीसी ।

  • १ आश्विन २०७८, शुक्रबार १३:०९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश