विराट कोहलीः टी२० विश्वकपपछि भारतीय राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा, कारण के हो ? – Dastabej

विराट कोहलीः टी२० विश्वकपपछि भारतीय राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा, कारण के हो ?


  • दस्तावेज

  • कोहलीतस्बिर स्रोत,GETTY IMAGES
    दस्ताबेज । पुरुष टी२० विश्वकपपछि विराट कोहलीले आगामी नोभेम्बरमा भारतको ट्वेन्टी-ट्वेन्टी क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन्।

    तर उनले एकदिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरिरहनेछन्।

    सामाजिक सञ्जालमा लेख्दै कोहलीले आफूले एकदिवसिय, वनडे, र टेस्ट खेलमा ध्यान केन्द्रित गर्न चाहेको जनाएका छन्।

    आफूलाई भारतीय टोलीको प्रतिनिधित्व गर्ने सौभाग्य मात्र प्राप्त भएको हैन अधिकतम योग्यतासहित आफूले टोलीको नेतृत्व गरेको भन्दै कोहलीले भारतीय टोलीको कप्तानीको यात्रामा आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएका छन्।

    “म उनीहरूबिना यो पूरा गर्न सक्दिनथेँ – मेरा खेलाडी साथि, सहायता कर्मचारी, चयन समिति, मेरा प्रशिक्षक तथा सबै भारतीय जसले हाम्रो जितका लागि प्रार्थना गरे,” उनले भनेका छन्।

    आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा टी२० वर्ल्ड कप आयोजना हुँदैछ।

    नेतृत्वमा कोहली
    विराट कोहली अहिले ३२ वर्षका भए।

    उनले भारतका लागि ९० वटा टी२० खेलेर ३,१५९ रन बनाएका छन्। उनी अझै टी२० मा खेलाडीका रूपमा सहभागी हुनेछन्।

    टेस्ट टोलीको नेतृत्व गर्न थालेको तीन वर्षपछि कोहलीले सन् २०१७ मा सीमित ओभरको खेलको कप्तानी गर्न पाए।

    महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले सन् २०१६ को टी२० विश्वकप खेलेको थियो।

    त्यसमा कोहली शृङ्खलाका उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।

    कोहली
    तस्बिर स्रोत,GETTY IMAGES कप्तानी छोड्नुको कारण
    कोहलीले लामो समयसम्म आफूले टोलीको प्रतिनिधित्व र नेतृत्व गरेको अनि आफ्ना लागि कामको चाप धेरै भएको उल्लेख गरेका छन्।

    कामको चाप बुझ्नु एकदमै महत्त्वपूर्ण हुन्छ भन्दै उनले आफूले विगत आठ-नौ वर्ष निरन्तर तीनवटै फर्म्याटमा खेलेको अनि पाँच-छ वर्षदेखि निरन्तर कप्तानी गरेको जनाएका छन्।

    अब भारतीय टोलीको टेस्ट र वनडे फर्म्याटको नेतृत्व गर्न पूरा ध्यान दिने इच्छा उनले व्यक्त गरेका छन्।

    “टी२० को कप्तानका रूपमा मैले टोलीलाई सबै कुरा दिएँ जे म दिन सक्थेँ अनि ब्याट्सम्यानका रूपमा अब पनि दिइरहन्छु।”

     

    — Virat Kohli (@imVkohli) September 16, 2021
    Twitter पोस्ट समाप्त, 1


    Presentational white space
    ईएसपीएनका अनुसार कप्तानका रूपमा टी२० खेलमा कोहलीको तथ्याङ्क यस्तो छः

    कुल खेलः ४५
    जितः २७
    हारः १४
    बराबरः २
    बिनापरिणामः २
    टेस्ट खेल अन्योलमा
    भर्खरै आयोजित टेस्ट शृङ्खलाको फाइनल खेल स्थगित हुनुअघि भारतले इङ्ग्ल्याडसँग २-१ को अग्रता लिएको थियो।

    केही कर्मचारीमा कोभिड पुष्टि भएपछि पाँचौँ खेल स्थगित गरिएको थियो।

    भारतका प्रमुख प्रशिक्षक रवि शास्त्रीमा कोरोनाभाइरस देखिएकाले अन्य तीन कर्मचारीले एकान्तवासमा बस्नुपरेको थियो।

    कोभिड अझ फैलिन सक्ने चिन्ता व्यक्त गर्दै भारतले खेलका लागि टोली पठाउन नसक्ने बताएको थियो।

    बाँकी टेस्ट खेल अब के गर्ने भन्ने अझै निर्क्योल भइसकेको छैन।

    दुई टोलीबीच स्थगित खेल आगामी वर्ष ग्रीष्मयाममा हुन सक्ने इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डका प्रमुख टम ह्यारिसनले बताएका छन्।

    तर उनले फेरि सञ्चालन हुन लागेको इन्डियन प्रीमीअर लीग (आईपीएल) का कारण खेल स्थगित नगरिएको दाबी गरेका छन्।

    यो Twitter पोस्ट छोड्नुहोस्, 2
    Virat Kohli’s record as captain in T20Is:

    Matches – 45
    Won – 27
    Lost – 14
    Tied – 2
    N/R – 2

    — ESPNcricinfo stats (@ESPNcric_stats) September 16, 2021
    Twitter पोस्ट समाप्त, 2
    Presentational white space
    आईपीएल अब यूएईमा
    आइतवार आईपीएलका खेलहरू फेरि सुरु हुँदा कोहलीले रोयल च्यालेन्जर्स बेङ्ग्लोरको नेतृत्व गर्नेछन्।

    भारतमा कोभिड महामारी व्यापक रूपमा फैलिएकाले गत मे महिनामा आईपीएलका खेलहरू स्थगित भएका थिए।

    अहिले मनसुनका कारण आईपीएल भारतबाट यूएईमा सारिएको हो।

    उक्त प्रतियोगितामा अझ ३१ वटा खेल हुन बाँकी छन्।

    आईपीएलको फाइनल खेल अक्टोबरमा १५ मा हुनेछ।

  • १ आश्विन २०७८, शुक्रबार १४:३८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश