१,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त – Dastabej

१,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लाृ २४ घण्टामा १ हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा उक्ता सङ्क्रमण पुष्टि भएको हो ।

    सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० पुगेका छ । १हजार ३५१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४६ हजार ५६६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत छ ।

    सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १२ जनाको मृत्यु भएको छ । त्यस्तै ३८६ जना सघन उपचार कक्ष ९आइसियु०, ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

     

  • १ आश्विन २०७८, शुक्रबार १७:३७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता