नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दियो - Dastabej

नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दियो


  • दस्तावेज

  •  

     

    दस्ताबेज । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा ३ चौका प्रहार गरे । कप्तान मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् ।

    ज्ञानेन्द्रले १५ खेलमा ३ अर्धशतकसहित कूल एक हजार ३६६ रन बनाएका छन् । ज्ञानेन्द्र अघि पूर्वकप्तान पारस खड्काले १० खेलमा एक हजार ३१५ रन बनाएका थिए । मल्लले ३६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी दुई÷दुई रनमा आउट भए ।

    ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे । अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले ४ विकेट लिए भने केली फिलिपले ३ विकेट लिए । त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एकएक विकेट लिए । नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित हुन पुगेको थियो । (रासस)

  • १ आश्विन २०७८, शुक्रबार २१:१२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार