थारु सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन – Dastabej

थारु सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन


  • दस्तावेज

  •  

    कैलाली । धनगढी उपमहानगरपालिका–७ पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन गरिएको छ । उपमहानगरप्रमुख नृपबहादुर वडले ९८ प्रतिशत थारु जातिको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु सङ्ग्रहालय स्थापना हुनु आफैँमा गर्वको कुरा रहेको उल्लेख गरे ।

    सङ्ग्रहालय हेर्न आउने वातावरण बनाउन आफूले सक्दो सहयोग गर्ने उनले बताए । “पटेला गाउँमा होमस्टे निर्माणका लागि पनि उपमहानगरपालिकाले पहल थाल्ने छ ।”थारु कला संस्कृतिको जगेर्ना गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जातिबारे विभिन्न जानकारी दिन सङ्ग्रहालयबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पूराना गरगहनालगायत सामग्री सङ्ग्रहालयमा राखिएको बताइको छ ।

  • १ आश्विन २०७८, शुक्रबार २२:०० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता