नेपालगन्ज । कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कोहलपुर नगरपालिका पिपरीस्थित वैंकको तालिम केन्द्रमा वैकिङ्ग कारोवार सन्चालनका लागि औपचारीकरुपमा उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा वैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी रहेका थिए भने कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय नेपालगन्जका निर्देशक गिरीराज रेग्मीले गरे । शाखा उद्घााटन कार्यक्रममा ५ नं. प्रदेश अन्तर्गतका सवै शाखाका प्रवन्धकहरु, वैंकमा कार्यरत कर्मचारीहरु, कोहलपुर नगरपालिकाका सर्वसाधारण, ग्राहक, समाजसेवी, सुभचिन्तक तथा सन्चारकर्मीहरुको व्यापक उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा शाखा पिपरीका प्रबन्धक नेत्र बुड्थापा, स्थानीय व्यापारी इन्द्रप्रसाद गौतम, बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय लगायतले मन्तव्य राखे ।