बर्दिया ठाकुरद्धारामा बिद्युतीय धरापमा परी श्रीमान श्रीमति र भाउजुको मृत्यु – Dastabej

बर्दिया ठाकुरद्धारामा बिद्युतीय धरापमा परी श्रीमान श्रीमति र भाउजुको मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । बर्दिया ठाकुरबाबा नगरपालिका—३ गोदानास्थित राजबहादुर शाहीको खेतमा राखिएको विद्युतीय धरापमा परी सोही तीन जनाको मृत्यु भएको छ ।

    धरापमा परी स्थानीय बालकृष्ण थारु, श्रीमती सुनिता र बालकृष्णकी भाउजू बेलमतियाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु श्रेष्ठले बताए ।

    शुक्रबार राति करिब ११ बजे माछा मार्न गएका तीनजना घर फर्कने क्रममा सुरुमा श्रीमती धरापमा परेकी थिइन् ।

    अँध्यारोमा श्रीमती सुनिताको खोजी गर्दा श्रीमान् बालकृष्ण पनि धरापमा परेका थिए । त्यसलगत्तै भाउजू वेलमतियाको पनि धरापमा परी मृत्यु भएको सहायक संरक्षण अधिकृत श्रेष्ठले बताए ।

  • २ आश्विन २०७८, शनिबार १०:५९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश