‘म त तिम्रै हुँ’ म्युजिक भिडियो सार्वजनिक – Dastabej

‘म त तिम्रै हुँ’ म्युजिक भिडियो सार्वजनिक


  • दस्तावेज


  • अमेरिकामा बसेर नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ ।

    रोमाञ्चक यस गीतमा गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको स्वर रहेको छ । गीतमा सुजिल कर्माचार्यले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा सन्नी सिंह र कुसुम गुरुङबीचको प्रेम र रोमान्सलाई दृश्यमा प्रस्तुत गरिएको छ ।

    दीपकराज सुनारले छायाङ्कन गरेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो । विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो । कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको म्युजिक भिडियोलाई सङ्गीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

  • १९ पुष २०७८, सोमबार २१:३२ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ