युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती नष्ट – Dastabej

युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती नष्ट


  • दस्तावेज


  • मकवानपुर, १९ पुस (रासस) : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती आज नष्ट गरेको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैँडाको अगुवाइमा स्थानीइ प्रशासनले गत भदौ १५ गते हेटौँडा उपमहानगरपालिका–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट उक्त चिया बरामद गरेको हो । उद्योग अनुगमनका क्रममा प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका र लेबल स्पष्ट नभएको चियापत्ती फेला पारेको थियो ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा सञ्चारकर्मीको रहोवरमा चिया नष्ट गरेको हो । नष्ट गरेको चियापत्ती झण्डै रु एक करोड ८० लाख बराबरको रहेको बताइएको छ ।
    –––

  • १९ पुष २०७८, सोमबार २२:३८ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ