नेपालगन्ज — नेपाल आयल निमग लिमिटेड (एनओसी) ले भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालनको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न. ६ आर्दश नगरमा बुधबारबाट आफ्नै पेट्रोल पम्प सन्चालनको ल्याएको हो ।
व्यवसायीहरुलाई थोकमा पेट्रालियम पदार्थ बिक्री गर्दै आएको लिमिटेडले नेपालगन्जमा दोस्रो शाखाकारुपमा फुटकररुपमा बिक्री गर्न पेट्रोल पम्प सन्चालनमा ल्याएको छ यसअघि लिमिटेडले भैरहवमा पेट्रोल पम्प सन्चालनमा ल्याईसकेको छ । लिमिटेडका नेपालगन्ज प्रमुख दिपकप्रसाद घिमिरेका अनुसनर एनओसीका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल पम्पको उदघाटन गर्ने कार्यक्रम छ ।