नेपालगन्ज । बुधबार बिहान वनमा पात टिप्न गएका महिलामाथि बाघले आक्रमण गरेको छ । राप्ती सोनारी ४ स्थित गौरी सामुदायिक वनमा दुर्गा थारुलाई बाघले आक्रमण गरेको हो । उनी बाघलाई खुर्पाले हानेर बाँचन सफल भएकी छन् । उनको राप्ती सोनारी अस्पतालमा उपचार भइरहेको छ ।