चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ – Dastabej

चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ


  • दस्तावेज


  • नेपालगन्ज । कोहलपुर प्रहरीले मोटर साईकल चोरी भएको २४ घण्टाभित्रै जनालाई पक्राउ गरेको छ । मंगलबार राती करिब १ बजे बाँकेको कोहलपुर बसपार्क स्थित रेडिसन होटल अगाडी पार्किङ गरेको मोटरसाइकल चोरी भएको थियो । रुपन्देही जिल्ला बुटवल उप(महानगरपालिका वडा नं ८ बस्ने सुश्रवा गौतमको यामाहा कम्पनीको १४५ सिसिको बा।७६ प १६०६ नं।को कालो रङको मोटरसाईकल बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने बर्ष २२ को बिष्णु हरिजनले चलाई रहेको अवस्थामा फेला पारिएको हो ।
    मोटरसाईकल चलाई रहेको अवस्थामा कोहलपुर नगरपालिका वडा नं१४ पार्वतीपुर स्थित बुधबार राती साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

  • २२ पुष २०७८, बिहीबार १३:२४ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ