एमाले पर्वतका अध्यक्षमा पौडेल – Dastabej

एमाले पर्वतका अध्यक्षमा पौडेल


  • दस्तावेज

  • नेकपा (एमाले) पर्वतका अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका उहाँलाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका रुपमा घोषणा गरेको हो ।

    महाशिला गाउँपालिका–५ निवासी उहाँ यसअघि आठाँै जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित हुनुभएको थियो । त्यसअघि उहाँ एमाले जिल्ला उपाध्यक्षलगायत विभिन्न पदमा बसेर काम गर्नुभएको थियो ।

    त्यसैगरी उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निविरोध निर्वाचित हुनुभएको छ । नवाँै जिल्ला अधिवेशनवाट ९० जनाको जिल्ला कमिटी नै सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाइँले जानकारी दिनुभयो । जिल्लाका सातवटै स्थानीय तहबाट मिलाएर सदस्यहरु छनोट गरिएको बताइएको छ । नवनिर्वाचित कार्यसमितिलाई आजै पद तथा गोपनीयताको शपथ खुवाइएको छ । अधिवेशन यही पुस २३ गतेदेखि सुरु भएको थियो ।
    –––

  • २७ पुष २०७८, मंगलवार १४:४६ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ