डुडुवा गाउँपालिकाद्धारा  जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण – Dastabej

डुडुवा गाउँपालिकाद्धारा  जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण


  • दस्तावेज

  • डुडुवा (बाँके), २७ पुस । चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ ।

    गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र च्यवनप्राश वितरण गर्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज मंगलबार एक कार्यक्रमका विच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो ।

    त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ सैययाको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताउनुभयो ।

    गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।

    आज १ सय ५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिडडुल गर्न नसक्ने जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरि घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ ।

     

     

     

  • २७ पुष २०७८, मंगलवार १६:०२ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ