एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही – Dastabej

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही


  • दस्तावेज

  • कर्णाली, २८ पुस (रासस) : नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो ।

    निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिनुभयो ।

    बाजुरा अध्यक्षमा शाही

    मार्तडी : नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन हुनुभएको छ ।

    एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन हुनुभएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले जानकारी दिनुभयो । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।
    –––

  • २८ पुष २०७८, बुधबार १९:१५ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ