एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै – Dastabej

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै


  • दस्तावेज

  • उदयपुर, ३० पुस (रासस) :नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।

    नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताउनुभयो । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।

    माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले बताउनुभयो । पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या ३० हजार पु्¥याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उहाँले बताउनुभयो ।

  • ३० पुष २०७८, शुक्रबार ०९:५३ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ