नेपालगन्जमा माघको रमझम – Dastabej

नेपालगन्जमा माघको रमझम


  • दस्तावेज

  • नेपालगन्ज । थारु कल्याणकारिणी सभा, नगर सभा नेपालगन्जको आयोजनामा बिहिबार नेपालगन्जमा माघ मिलन कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगञ्जको स्वाष्टिक कटेजमा थारु भेषभुषा, परिकार तथा नाचगानका साथमा माघ पर्बको शुभकामना अदानप्रदान गरी कार्यक्रम सम्पन्न गरिएको नगर सभपति बासमति थारुले बताइन् । कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले महान पर्व माघको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रमले थारु समुदायमा एकताको सन्देश दिने बताए । उनका अनुसार थारु समुदायको हराउँदै गएको संस्कार र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुग्ने छ । माघ पर्वको शुभकामना दिर्दैै प्रमुख थारुले थारु समुदाय आप्mना पहिचान जोगाउदै, हकअधिकार प्राप्तिका लागि अग्रसर हुनुपर्ने सुझाए । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि थारु आयोगका सदस्य सुबोध सिंह थारुले शुभकमना मन्तव्य दिदै थारुले आयोगले गरेको कामको बारेमा जानकारी गराएका थिए । आयोग थारु समुदायको हकअधिकार स्थापितको लागि सरकारसंग पहल गर्दै आएको बताए ।

    अब थारु समुुदाय पनि राज्यबाट पाउनु पर्ने हक अधिकारका प्राप्तिका लागि अगाडी बढ्नु पर्ने उनको धारणा थियो । कार्यक्रममा शुभकामना अदानप्रदान गर्दै थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारुले अब आप्mनो हराउँदै गएको संस्कृतिको संरक्षण गर्दै राज्यको हरेक निकायमा पुग्नका लागि युवापिढी नै अगाडी बढ्नु पर्ने बताए । कार्यक्रमा थारु कर्मचारीसंघ बाँकेका अध्यक्ष जित बहादुर थारुले युवाहरु सानो उमेर देखि बिभिन्न बिकृतिमा लाग्ने भएकाले अब प्रगातिको बाटोमा लाग्न लागि शुभकामना मार्पmत प्रेरित गर्नुभएको थियो । कार्यक्रममा पत्रकारिताका क्षेत्रमा लामो समय देखि योगदान पु¥याएका नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष ठाकुरसिंह थारु, थारु कल्याणकारिणी सभामा अबद्ध भई लामो समय सम्म संस्था र वकालतका क्षेत्रमा योगदान पुु¥याएका अधिबक्ता केवल सिंह थारु र शिक्षा क्षेत्रमा लामो समयदान योगदान पु¥याउदै आएका शिक्षक काली प्रसाद थारुलाई दोसल्ला ओढाएर कदरपत्रबाट सम्मान समेत गरिएको छ । कार्यक्रममा थारु कलाकारहरुले थारु संस्कृति झल्किने नाचगान प्रस्तुत गर्दा सभागिहरुले भरपुर रमाएका थिए । कलाकारसंगै सहभागी समेत नाचगानका साथमा रमाएका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा बाँकेका पुर्व सभापति मंगल थारु, सल्लाहकार जागेश्वर सिंह थारु, थारु पत्रकार संघ बाँकेका अध्यक्ष भगत राम थारु, थारु कर्मचारी संघ बाँकेका महासचिव, पुर्ण चौधरी, थारु महिला सभा बाँकेका अध्यक्ष ललिता थारु, ब्रिनोज कान अस्पतालका प्रमुख पुरन थारु, समाजसेबी राजबहादुर चौधरी लगायत्का अगुवा बुद्धिजिबीहरुले माघ पर्वका एकआपसमा शुभकामना मन्तव्य दिएका थिए ।

  • ३० पुष २०७८, शुक्रबार ११:१५ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ