‘ओके छ त’ सार्वजनिक – Dastabej

‘ओके छ त’ सार्वजनिक


  • दस्तावेज


  • गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो । दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा कुशल सिंहले सङ्गीत संयोजन गर्नुभएको छ ।

    ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा स्रव्यदृश्य उत्तम हुमागाईंले, सम्पादन शिलन लम्सालले, कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गर्नुभएको छ । गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।
    –––

  • ३० पुष २०७८, शुक्रबार १२:२१ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ