प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी – Dastabej

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी


  • दस्तावेज


  • काठमाडौँ, ३० पुस (रासस) :राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो ।

    मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । चार खेलमध्ये हार्मीले दुईमा जीत हासिल गरेको हो । आर्मीले यसअघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार व्यहोरेको थियो । तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं १ सँग एक–एक अङ्क बाँडेको थियो ।

    सुदूरपश्चिमले भने पुलिसविरुद्धको पहिलो खेलमा दुई रनले पराजय भोगेको थियो भने कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो ।

    आजको खेलमा ११६ रनको लक्ष्य आर्मीले अन्तिम बलमा ७ विकेट विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिए । विक्रम सोबले अविजित २९, भीम सार्कीले १३, शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिए । यस्तै नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सवै विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे । वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम सोबले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एक्लैले ६ विकेट लिए । चार ओभर बलिङ गर्ने क्रममा सोबले मात्र आठ रन खर्चे । यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले एक एक विकेट लिए ।

  • ३० पुष २०७८, शुक्रबार १६:५७ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ