नेपालगन्जमा ‘एभियसन म्युजियम’ संचालनमा – Dastabej

नेपालगन्जमा ‘एभियसन म्युजियम’ संचालनमा


  • दस्तावेज

  • नेपालगन्जको बेलासपुरमा ‘एभियसन म्युजियम’ संचालनमा  आएकाे छ ।

    १ करोड ८० लाख रूपियाँ लगानीमा स्थापना भएको म्युजियम शनिवारदेखि सञ्चालनमा आएकाे परिकल्पनाकार तथा संचालक क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो ।

    विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने तथा आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले म्युजियमको स्थापना भएको हो । ठूलो जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ ।

    पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० उत्कृष्ट फोटोहरु पनि राखिएको उप्रेतीले बताउनुभयो । स्कुलका विद्यार्थीहरुका लागि छुट सहित टिकटको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

    धनगढीमा रहेको उक्त म्युजियमलाई त्यहाँ स्थान अभाव भएका कारण स्थानान्तरण गरी नेपालगन्ज ल्याइएको हो । कार्यकममा वडा अध!बुद्धि सागर सुवेदी वडा सदस्य दिनेश पन्त लगायतको सहभागिता रहेको छ । ‘एभियसन म्युजियम’को स्थापनाले नेपालगन्जको पर्यटन प्रर्वधनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

  • ३० पुष २०७८, शुक्रबार २०:०५ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ