आज हाम्रो बा ले लामो समय जागिर पछि अवकाश लिएको अड्डा कृषि बैंक को ५५ औं स्थापना दिवस रहेछ । सामाजिक संजाल मार्फत यसको सूचना पाएपछि मलाई बा को जागिरे जीवन का ती दिनहरू सम्झनामा तरङ्गीत भैरहे । अनि तिनै सम्झनाका तरंग लिपिबद्ध गर्ने जमर्को गरे। बा ले एकदशक बढी टिम्बर कर्पोरेसन को जागीर अवधी स्थायी दरबन्दी मा कार्यरत रहदारहदै राजीनामा दिएर कृषि बैंक को लेखापाल पद ( खरदार ) को परिक्षा दिनुभो । दर्हो आत्मबिश्वास थियो सायद त्यसैले स्थायी जागिर छोडेर नयाँ कामको लागी उभिनु भयो, संयोग त्यो हिम्मत र आत्मबिश्वास परिणाममुखी नै भयो बा लिखित र मौखिक दुबै परिक्षा मा पास हुनु भयो त्यो बेला न त कुनै पहुँच थियो बा को न त आर्थिक चलखेल नै तर बा पास हुनुभो र २०४५ सालमा बा को पहिलो पोस्टीङ्ग भेरी अञ्चल अन्तर्गत को दैलेख मा रहेको कृषि बिकास बैंक उपशाखा मा भयो। बा को जागिर सुरु भो उतै त्यसको केही महिनापछि हामी नि दैलेख सरुवा भैयो बा सङ्गै।
सुर्खेत सम्म रैना बस चढेर गएपनी त्यहाँ बाट पैदल यात्रा सुरु भो पहिलो दिन गुराँसे भन्दा अलि तल गाइबान्ना भन्ने ठाउँमा बास बसियो उबेला खाना खाइदिएपछी बास बस्न फ्री, सिद्धपाइला, डुङ्गेश्वर हुँदै अगाडि बड्दा लादेको उकालो ले लोद फर्काएको थियो । निकै गार्हो घोरेटो बाटो हिड्दा हिड्दै बाटो मा शरीर पहेंलो हुने ठाउँ नि थियो ठ्याक्कै मान्छे जन्डिस लागेजस्तो हुने त्यहाँ सुनखानी भएको ले त्यस्तो हुन्छ भन्नेसुनिन्थ्यो। एकरात बाटो को बास र एकदिनको पुरा हिंडाइ पछि हामी दैलेख को तर्ताङ पुगियो बाको बसाई कोठा त्यहीँ थियो हामी सङ्गै बा सङ्गै खरिदार मा नाम निकाल्नुभएका बराल अन्कल ९ खेमराज बराल, धौलागिरी ०पनि सङ्गै जानुभएको थियो बैनिहरु निकै साना थिए अन्कल पालैपालो बोक्दै हामीलाई लैजानु भएको थियो, भरिया खोजेर डोको मा बोकाएर लैजान खोज्नु भएको थियो बा ले तर हामीले मानेनौ भरिया गन्हाउछ्न भनेर अनि हामी अलि अलि हिड्दै अलि लि बा, मम्मी र अन्कल ले बोक्दै पुर्याउनु भो दैलेख ।
धेरै लामो बसाई बसेनौ हामी दैलेख तर छोटै समय को बसाई भए पनि दैलेख बस्दा को रमाइलो सम्झनाहरु स्कुलमा भुइँ को स्लेट ढुङ्गा मा लेखेको , बराल अन्कल ले कापी मा पेन्सिल लेखेर कापी भरिएपछी पनि फेरि इरेजर ले मेटेर कापी नच्यातिउन्जेल सम्म मेट्दै लेख्दै गर्न लाएको याद आउँछ ।
त्यसको केही बर्षपछी बा को सरुवा बुटवल भयो सङ्गै हामी पनि सरुवा भैयो । मणीग्राम मा डेरा थियो त्यहाँ पनि एकबर्ष झन्डै हामी बसियो । त्यो बेला दुर्दर्शन च्यानल बाट महाभारत आउथ्यो हामी पढ्ने स्कुल ले महाभारत हेर्न कै लागि प्रत्यक आइतबार स्कुल ११ बजे पछि मात्रै लाग्थ्यो एक घन्टा महाभारत हेर्ने बिशेष छुट थियो हरेक आइतबार । यसपछि पनि बाके बाहिर बा तौलिहवा , मुसिकोट९ रुकुम ० र सुर्खेत सरुवा भएपनी हामी सरुवा भएनौ त्यो बाहेक बा बाकेको खजुरा र नेपालगन्जमा सरुवा हुनुभो । यसरी सायद झन्डै २० बर्ष सेवा पछि बा ले उमेर हद का कारण स्वेच्छिक अवकाश लिनुभो।
बा रुकुम को मुसिकोट हुँदाका केहि रमाइला याद छन् । म सङ्ग उ बेला संचार को क्षेत्र निकै अप्ठ्यारो थियो ,इन्टरनेट र फेसबुक अनि मोबाइल को त कुरा छोडौ त्यो बेला टेलिफोन पनि पहुँचमा थिएन । एउटा चिठी आदानप्रदान हुन महिनौं लाग्थ्यो तर त्यो बेला मुसिकोट को कृषि कार्यलय मा आवा सेट रहेछ अनि संयोग हाम्रो घर नजिकै को कपास बिकास समिति मा पनि आवा सेट थियो अनि म कपास मा गएर अनुरोध गरि बा सङ्ग बेला बेला खबर आदानप्रदान गर्थे तर उता बाको अफिस मा त्यो आवा नभएको हुँदा एकोहोरो खबर छोड्ने गर्थे त्यहाँ का स्टाफ ले बा लाई खबर छोडिदिन्थे म आवाकक्षमा पसेपछि घन्टौं भुल्थे अहिले का केटाकेटी मोबाइल मा भुलेझै देशभर भैरहेको आवाको आदानप्रदान सुनिन्थ्यो त्यो सेटमा बडो रमाइलो लाग्थ्यो मात्रै अढाई दशक अघि को त्यो परिवेश र अहिले संचार को क्षेत्रमा नेपाल ले मारेको फड्को वास्तव मा अरु कुरामा त त्यस्तै सूचना र प्रविधि को यो क्षेत्रमा नेपाल मा रिभोल्युसनरी चेन्ज भएकै हो जस्तो लाग्छ।
हाम्रो बा ले झन्डै दुई दशक बढी सेवा गर्दै खरिदार बाट जागिर मा प्रवेश गरि अधिकृत तहबाट सेवा निबृत्त हुनुभएको बैंक कृषि बिकास बैंक को ५५ औं बार्षिक उत्सव को शुभकामना बा को अवकाश प्राप्त जीवन सहज र सरल अगाडि बढोस् ।