मिति २०७८।०१०।०७ गते साँझ अं.५:०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ बेलासपुर बस्ने बर्ष १७ को आबिद खान, ऐ.ऐ.बस्ने बर्ष १५ को सुरज बर्मा, ऐ.ऐ.वडा नं.१८ बस्ने बर्ष १७ को कृष्ण सिंह ठाकुर र ऐ.ऐ. नन्दनीमिल चोक बस्ने बर्ष १६ की (परिबर्तित नाम ६५(०७८) ५०) जिल्ला बाँके खजुरा गाउँपालिका सि-गाउँ स्थित पुलचोक नजिक फोटो खिचाउन लागेको अबस्थामा
जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं.१ सैनिक बस्ने बर्ष १८ को हरिश सुनार,
बर्ष अं.१७/१८ को सुशान्त सुनार,
बर्ष अं.१८/१९ को सुमित गाहा मगर,
ऐ.ऐ.बस्ने बर्ष अं.१९/२० को नबिन थापा
र ऐ.ऐ.बहादुरपुर बस्ने बर्ष अं.२४/२५ को नेप्टे भन्ने व्यक्ति २ वटा मोटरसाईकलमा आई फोटो खिचाउन लागेको अबस्थामा कुटपिट गरी क्यामरा तोडफोड गरी पिडितसंग गएका केटाहरूलाई भगाई
हरिश सुनारले भे १० प ८६३ नं. मोटरसाईकलमा बसाली लिई गएको भन्ने खबर प्राप्त भए अनुसार यस कार्यालय बाट प्र.ना.उ.मधुसुधन न्यौपाने समेतको प्रहरी टोली घटनास्थल खटी गई हरिश सुनारको घर बाट निज हरिश सुनारलाई पक्राउ गरी पिडित (परिबर्तित नाम ६५(०७८) ५०) लाई समेत निजकै घरकोठाबाट उद्दार गरी पिडित संग सोधपुछ गर्दा हरिश सुनारले नाम थाहा नभएको जंगलमा र आफ्नो घर कोठामा पिडितलाई २ पटक जबरजस्ती करणी गरेको भनि खुलाएको, अन्य सुशान्त सुनार, सुमित गाहामगर, नबिन थापा र नेप्टे भन्ने व्यक्तिको खोजतलाश भईरहेको घटना सम्बन्धाम थप अनुसन्धान भई रहेको ।