अग्नि परिक्षामा एमाले बाँके नयाँ नेतृत्व – Dastabej

अग्नि परिक्षामा एमाले बाँके नयाँ नेतृत्व


  • सतिश निरौला

  • नेकपा ( एमाले ) बाँकेको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व सहमति मा चयन गर्दै सम्पन्न भएको छ, सातौं जिल्ला अधिवेशन पछि को ७ बर्ष पश्चात् सम्पन्न यश अधिवेशन बाट सातौं अधिवेशन मा निर्वाचित मध्य १७ जना दोहोरिएका छन् भने १२० सदस्यीय कमिटी मा बाकी नयाँ अनुहार जिल्ला नेतृत्व मा समेटिएका छन् ।
    २००९ सालबाट नै बाके जिल्ला मा कम्युनिस्टहरु को उपस्थिति को इतिहास भेटिएपनी लामो मेहनत , संघर्ष र पार्टी कामपछी कडा मेहनतले नेकपा ( एमाले )बाके जिल्लामा स्थापीत भएको छ। २०५४ को स्थानीय निर्वाचन मा नेकपा ( एमाले ) ले नेपालगन्ज नगरपालिका मा मेयर , उपमेयर दुबै पदमा जित हात पारेको थियो भने बागेश्वरी , सितापुर, खजुराखुर्द,टिटिहिरिया, बनकटुवा, नौबस्ता, चिसापानी , कोहलपुर लगायत का गाबिसमा बिजयी भएको थियो तर पार्टी छैटौं महाधिवेशन मा बिभाजन पछि बाके को तत्कालीन क्षेत्र न-१ र क्षेत्र न-३ मा सम्सदिय निर्वाचन मा माले र एमाले बीच को कडा टक्कर ले दोस्रो र तेस्रो स्थान मा समेटिन पुगेको थियो।
    सम्बिधानसभाको दोश्रो निर्वाचन मा नेकपा एमाले को तर्फबाट बाके क्षेत्र न .१ मा कमरेड देवराज भार र क्षेत्र न-२ मा स्व. दिनेशचन्द्र यादव र क्षेत्र न-४ बाट दलबहादुर सुनारले ले पार्टी को तर्फबाट चुनावजित्दै बाकेमा एमाले को तर्फबाट नयाँ इतिहास बनाउदै बाके जिल्ला लाई एमाले को किल्ला को रूपमा स्थापित हुन पुगेको थियो। त्यसपछि फेरि २०७४ को निर्वाचन मा बाके बाट एमाले को उमेदवार का रूपमा क्षेत्र न -३ को साम्सद का रूपमा माननीय नन्दलाल रोकाय र प्रदेश सभा सदस्य का रूपमा माननीय बाबुराम गौतम प्रदेश -३ ख र माननीय आरती पौडेल ले प्रदेश १ ( क) बाट बिजयी बनी हाम्रो पार्टी को बलियो उपस्थिति जनाउनु भयो भने उक्त निर्वाचन बाम गठबन्धन बाट लडिएको ले हाम्रो पार्टी कै समर्थन मा माओवाद का इन्द्रप्रसाद खरेल ले क्षेत्र न-३ ( क), कृष्णा केसि नमुना क्षेत्र न-१( क)र माननीय महेश्वर गहतराज अथक क्षेत्र न-१ बाट निर्वाचित हुनुभएको थियोे ।
    बाके जिल्ला मा कम्युनिस्टहरु को गढ र बलियो क्षेत्र का रूपमा बिशेष गरि क्षेत्र न -३ र त्यस अन्तर्गत को साबिक सितापुर र बागेश्वरी गाबिस नै चर्चित थिए, बाबुराम गौतम , सत्यदेव भट्टराई , नन्दलाल रोकाय र बालकृष्ण पौडेल अनि मिलन सापकोटा, राजेन्द्रप्रसाद सापकोटा , बेदनिधी प्याकुरेल , होमनाथ सापकोटा , छविलाल सुबेदिहरुव को नेतृत्व मा पन्चायत काल देखि नै माक्र्सवादी र माले का गतिविधिहरु यो क्षेत्रमा सक्रिय थियो, तत्कालीन माक्र्सवादी नेता कमरेड मनमोहन अधिकारी बाट प्रसिक्षित धेरै कम्युनिस्टहरु थिए यो क्षेत्रमा ।
    २०४६ सालको जनआन्दोलन मा पनि धेरै कम्युनिस्ट नेताहरु यही क्षेत्र बाट आन्दोलन को अगुवाई गर्नुभएको थियो भने कोहलपुर र नेपालगन्ज मा पनि केही पुराना कम्युनिस्ट नेताहरू हरिभक्त अधिकारी, देवराज भार, गोबिन्द कोइराला , रोमहर्ष धिताल ,दिवाकर शर्मा लगायत का नेताहरू सक्रिय हुनुहुन्थ्यो । नेपालगन्ज का रुपसिह सिजापती त पश्चिम क्षेत्र मै चर्चित नेता को रूपमा धेरै अगाडि स्थापित भैसक्नुभएको थियो। तत्कालीन खजुराखुर्दका छेदा बेहनाको पनि बाकेको कम्युनिस्ट आन्दोलन मा बिशेष भुमिका थियो। यसमा चर्चा भएका बाहेक पनि धेरैले बाकेमा कम्युनिस्ट पार्टी को बलियो जग बसाउन महत्त्वपूर्ण योगदान दिनुभएको थियो।२०६२/०६३ को आन्दोलन मा पनि तत्कालीन नेकपा ( एमाले ) का सचिव कमरेड देवराज भारको नेतृत्व मा नेकपा एमाले ले बलियो उपस्थिति सहित आन्दोलन को अगुवाई गरेको थियो ।
    हिजो कम्युनिस्ट को मुल थलो का रूपमा बाकेका चर्चित सितापुर र बागेश्वरी मै नेकपा ( एमाले ) को ८ औं जिल्ला अधिवेशन ले प्रमुख नेतृत्व प्राप्त गरेको छ , अध्यक्ष मा निर्वाचित किस्मत कक्षपती, सचिव मा निर्वाचित रत्न खत्री यिनै क्षेत्र का हुनुहुन्छ , युवा नेतृत्व लाई स्वीकार गर्दै अधिवेशन मा उपाध्यक्ष मा निर्वाचित डिल्ली बिसि उपसचिव दिपक बर्मा र महिला नेत्री भुमिसरा धिताल नेतृत्व मा आए सङ्गै पार्टी को हिजोको साख, गरिमा र जनमत जोगाउने ठुलो चुनौती सहितको अग्नी परिक्षा मा छ अहिले को एमाले नेतृत्व ।
    बाके जिल्लाभर गएको स्थानीय , प्रदेश र संघ को निर्वाचन मा एमाले ले प्राप्त गरेको उपलब्धि र जनमत लाई बढोत्तरी गर्नैपर्ने दबाब सङ्गै , पार्टी परिचालन , पार्टी कार्यकर्ता लाई बैचारिक रूपमा थप परिस्कृत गर्दै फेसबुक वा सामाजिक संजाल र अनलाइन समाचार का आधार मा धारणा बनाउने र बिचार प्रवाह गर्ने कार्यकर्ता होइन ठोस परिस्थिति को माक्र्सवादी दृस्टीकोण बाट बिचार प्रवाह गर्न सक्ने कार्यकर्ता तयार गर्न जरुरी छ।टापटिपे नेता होईन अब जनता सङ्ग दैनिक उनीहरुको जनजिविका र जिवनशैली सङ्ग जोडिदै जनताको जिवनस्तर सुधार्ने र बाके जिल्ला कै मुहार फेर्न लाई अहिले को पार्टी नेतृत्व ले ठोस योजना र सोही अनुरुपको गतिशीलता दिन सक्नुपर्छ , सबैभन्दा ठुलो चुनौती यो बिचमा नेकपा ( एमाले ) मा अन्य दल परित्याग गरि प्रवेश गरेका दशौ हजार कार्यकर्ता लाई टिकाउने, उनीहरुको साङगठनिक ब्यबस्थापन गर्ने र लामो समय देखी नेकपा ( एमाले ) मा निरन्तर साथ दिदै आएकाहरु लाई स्थान र उपयुक्त ब्यबस्थापन गर्न बिशेष दक्षता अहिले को नेतृत्व ले देखाउन सक्नुपर्छ ।

  • ९ माघ २०७८, आईतवार ०८:२७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?